हाइलाइट

आभाष साकोसमा नयाँ सञ्चालक समिति चयन

आभाष साकोसमा नयाँ सञ्चालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । बनेपमा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थामा नयाँ समिति चयन भएको छ । संस्थाको १५ औं बार्षिक साधारण सभाले आगामी चार बर्षको लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । सभाले ग्रुवेन तौजलेको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिवमा धर्मभक्त प्रधान, कोषाध्यक्षमा सुर्यकुमार रजिंत निर्वाचित भएका छन् । त्यसैगरी संचालक समितिको सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा विकास बैद्य र सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणि शर्मा तिमल्सिना चयन गरेको छ ।

एकाईगत रुपमा भएको साधारण सभा भदौ ५ गते समापन गरेको थियो । संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थाको प्रमुख सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको विशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष कायष्ठले संस्थाले नाफालाई मात्र ध्यान नदिई सामाजिक कार्य समेत गर्दै आएको बताए । ‘स्वस्थ र समुनत समाज र लैगिक समानता’ भन्ने नारलाई आत्मसात गर्दै संस्थाले छोरी अभियान  सञ्चालन गरेको बताए । संस्थाले उक्त कार्यक्रम अन्तरगत नयाँ बर्ष र संस्थाको बार्षिक उत्सव अर्थात मंसिर १४ गते शिर मेमोरियल अस्पताल बनेपामा जन्मने पहिलो छोरीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

२०७४ सालबाट छोरी अभियान सञ्चालन गरेको र  प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीहरुलाई १० हजार प्रदान गर्दै आएको उनले जनाए । त्यसैगरी संस्थाले आभाष सदस्य सुरक्षा कार्यक्रम सञ्चालन गरको र गत आर्थिक बर्षमा ११४ जना सदस्यलाई विभिन्न रोगको उपचार गर्न ८ लाख ४६ हजार  आर्थिक सहायता प्रदान गरेको  सभामा जानकारी दिइयो ।

आभाष सहकारीको सिद्धान्त अनुसार सञ्चालन  भई  वित्तीय पारदर्शिता  कायम गर्दै  सदस्यको बचतको सुरक्षित रहेको अध्यक्ष कायष्ठले बताए । संस्थाको कारोबारलाई चुस्त, दुरुस्त र पारदर्शि बनाउन प्रविधि प्रयोगलाई समेत बढाएको र सोही अनुसार कर्मचारी व्यवस्थापन गरको उनले सभामा बताए । संस्थाका सचिव प्रकाश कायष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत बर्षमा गरेका गतिविधिहरुका बारेमा सभामा जानकारी गराए ।

कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक बर्ष २०८० / ८१ आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै कुल कारोबार ८४ करोड ३१ लाख पुगेको र कुल सम्पत्ति १४।६४ प्रतिशतले वृद्धि भएको बताए । त्यसैगरी शेयर पुँजी ३ करोड ७६ लाख ६३ हजार,बचत संकलन ७२ करोड ७३ लाख ४६ हजार र ऋण लगानी ६२ करोड ४१ लाख १४ हजार पुगेको उनले जनाए ।

संस्थाले गत आवमा ५५ लाख २२ हजार सरकारलाई कर बापतको रकम बुझाएको छ । संस्थाको जगेडा कोषमा २ करोड ६३ लाख ४४ हजार र जोखिम कोषमा ३ करोड २८ लाख ३५ हजार छुट्याएको छ । गत आ।व। मा संस्थाले ५६ लाख ५३ हजार खुद नाफा आर्जन गरेको छ ।

संस्थाले ४७ वटा महिला समुह गठन गरेको छ भने उनीहरुका लागि सीपमूलक तालिमका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । संस्थाले दुईवटा सेवा केन्द्र र मुख्य कार्यालयबाट सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको सस्थाको प्रमुख कार्यकारी अधिकृत सुवास बैधले जानकारी दिए ।



Leave a comment