हाइलाइट

समानुपातिक साकोसको १२ प्रतिशत लाभांश पारित

समानुपातिक साकोसको १२ प्रतिशत लाभांश पारित :: Sahakari Akhabar

ललितपुर । समानुपातिक बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाले १२ प्रतिशत लाभांश पारित गरेको छ । ललितपुर महानगरपालिका–२४, धापाखेलमा रहेको संस्थाका अध्यक्ष बेदनाथ दाहालको सभाध्यक्षता र संस्थाको स्थापनाकालीन अध्यक्ष शिक्षासेवी विद्या खड्काको प्रमुख आतित्यतामा असोज ५ गते सभा सम्पन्न भएको हो ।

सभामा सदस्यहरुबाट प्राप्त सुझावहरुलाई मार्गदर्शनको रुपमा ग्रहण गर्ने, नियामक निकायबाट जारी निर्देशनको पालना गर्ने, सुखी सदस्य दिगो समानुपातिक सहकारीको परिकल्पनालाई साकार पार्ने प्रस्तावहरु पारित गरेको संस्थाका अध्यक्ष बेदनाथ दाहालले जानकारी दिए ।

त्यसैगरी वित्तीय सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने, नीति, विधी र प्रविधीको उच्चतम प्रयोग गर्दै आएको समानुपातिक सहकारीलाई समुदायको पहिलो रोजाईको संस्था बनाउने, सदस्य वृद्धि, बचत वृद्धि, ऋण वृद्धि र कूल वासलात वृद्धि गर्न समुदायस्तरमा विविध कार्यक्रम गर्ने अध्यक्ष दाहालले जानकारी दिए ।

एक करोड १८ लाख ५७ हजार छ सय रुपैयाँको सेयर पूँजी रहेको संस्थाले आठ करोड ७१ लख ७६ हजार ९४ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका कोषाध्यक्ष मकुन्द बजगाईले जानकारी दिए । कुल कारोबार ११ करोड ५३ लाख ७१ हजार २ सय ३ रुपैयाँ भएको संस्थाले आ.व. २०८० / ०८१ मा उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट बचत गर्ने सदस्यका साथै एसईई र दश जोड २ उत्तीर्ण भएका सेयर सदस्य र सदस्यका सन्ततीलार्ई  समेत सम्मान गरेको संस्थाका सचिव दीपकप्रसाद घिमिरेले जानकारी दिए ।

सभाका प्रमुख अतिथि विद्या खड्काले मुलुकको अर्थतन्त्रमा आएको मन्दीका कारण वित्तीय क्षेत्रमा तरलताको चाप, उच्च ब्याजदर, न्युन पुँजीगत खर्च, पुँजी बजारको गिरावट र घर जग्गा कारोबारमा  आएको शिथिलताका कारण सहकारी क्षेत्रमा पनि थुप्रै चुनौतीहरु थपिएको बताइन ।

सुशासनमा नचलेका केही सहकारी संस्थाका कारण सिङ्गो सहकारी अभियानप्रति आम जनमानसमा भ्रम सृजना भएकाले त्यसलाई चिर्न सबै पक्ष लाग्नुपर्नेमा उनको जोड थियो । अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिइएकाले आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र मितव्ययिताको सिद्धान्तद्वारा शुसासन कायम गर्न नीति, विधी र प्रविधिको उच्चतम प्रयोगमा समानुपातिक सहकारी रहेको पाइएको उनले बताइन ।

सभामा नेप्mस्कुनका व्यवसाय विभाग प्रमुख दिनेश गौतमले समानुपातिक सहकारीले वित्तीय साक्षरता, सहकारी शिक्षा, बचत तथा ऋणका सेवाहरुको विविधिकरण गर्दै सेवा प्रवाह मार्फत सदस्यको वित्तीय आवश्यकता परिपूर्तिका साथै उनीहरुलाई सबल बनाउन निरन्तर सक्रिय भएको पाइएको बताए ।

गौतमले समग्र अर्थप्रणाली समस्याग्रस्त भएको अवस्थामा सम्हालिएर सुझबुझका साथ बचत संकलन तथा कर्जा लगानी गरेकाले संस्थाले जोखिमलाई सहजै लिन सफल भएको बताए । उनले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै होशियारी र जिम्मेवारीपूर्वक गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न र सदस्यको बचतको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न सुझाव दिए ।



Leave a comment