हाइलाइट

हिलटप जुनार सहकारीमा सागर बख्रेलको अध्यक्षतामा समिति बन्यो

हिलटप जुनार सहकारीमा सागर बख्रेलको अध्यक्षतामा समिति बन्यो :: Sahakari Akhabar

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थामा सागर बख्रेलको अध्यक्षतामा संचालक समिति चयन भएको छ । आइतबार संस्थाको १५ औं बार्षिक साधारण सभाको केन्द्रीय प्रतिनिधिहरुको भेलाबाट समिति चयन भएको हो ।

संस्थाका तत्कालिन अध्यक्ष बासुदेव घिमिरेको स्वास्थ्यमा आएको गम्भिर समस्याका कारण समितिको एक बर्ष कार्यकाल बाँकी हुँदै राजिनामा दिएकाले बाँकी अवधिको लागि रिक्त रहेका विभिन्न पदहरूमा सर्वसम्मत नेतृत्व चयन भएको अध्यक्ष बख्रेलले जानकारी दिए ।

समितिको उपाध्यक्षमा देवी खड्का,  सचिवमा किरण मोक्तान र कोषाध्यक्षमा अर्जुन कार्की चयन भएका छन् । त्यसैगरी संस्थाको संचालक सदस्यमा, ऋषिराम गर्तौला, वेदराज ज्ञावली, मात्रिका खड्का, शैलजा गजुरेल र उत्तम आचार्य चयन भएका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजक डा. केशवप्रसाद श्रेष्ठ तथा सदस्यहरुमा, बद्रीकुमार न्यौपाने र किशोर पौडेल समितिमा पुरानै संयोजक र सदस्य रहेका छन् ।

संस्थाले काठमाडौं र सिन्धुलीको गोलञ्जोरमा एकाइ एक र एकाई दुई गरि शनिबार निर्णय प्रमाणिकरणका साथै निर्वाचन गरेको थियो । सभामा संस्थाकी कार्यबाहक अध्यक्ष देवी खड्काले संस्थाको प्रगती प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

उनले संस्थाले सदस्यलाई वित्तिय सेवाका साथै सदस्यको अवश्यकतालाई मध्यनजर गरेर अन्य गैह्वित्तिय सेवा पनि प्रवाह गर्दैआएको बताइन् । त्यसैगरी संस्थाले सदस्यका छोरा छोरीलाई उत्कृष्ट विद्यार्थी सम्मान, असल बचतकर्ता, ऋणी सदस्य सम्मानलगायतका कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराइन् ।

त्यसैगरी कार्यबाहक अध्यक्ष खड्काले जेष्ठ नागरिक भोजन, तीज कार्यक्रम, विभिन्न १५ बिधामा २७ जना सदस्यलाई पुरस्कार तथा सम्मान गरिएको जनाइन् । उनले संस्थाद्धारा संचालनमा रहेको उपभोक्ता पसलबाट यो वर्ष १ करोड ९५ लाख ७७ हजार ७६५ रुपैंयाँको बिक्री गरेको जानकारी दिइन् ।

त्यसैगरी संस्थाले सदस्य सुत्केरी खर्च बापत एक जनालाई १५ हजार ब्रतवन्ध तथा गुन्ह्ुचोली कार्यक्रममा सात जनालाई ३५ हजार, पाँच जना सदस्यको औषधी उपचारकालागि ५० हजार काज किरिया खर्च बापत छ परिवारलार्य ४० हजारलगायतका सदस्य हितका कार्यकोलागि १ लाख १६ हजार २८२ रुपैंयाँ सहयोग गरेको जनाइन् ।

सभामा संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीले आव ०८० / ०८१ को आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यूवाहरुलाई स्वेदशमै रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ऋण सुविधा, ब्यवसायीक तालिम, मेशिन औजारमा सहयोग जस्ता कार्यक्रम संचालन गरिने जनाए । संस्थाको आर्थिक वर्ष ०८० / ०८१ मा कूल सम्पति ४२ करोड २९ लाख ५० हजार ४७५ रुपैंयाँ रहेको छ भने शेयर पूँजी ४ करोड ७९ लाख ९९ हजार रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थामा बचत २२ करोड ५४ लाख ४५ हजार ३३७ रुपैंयाँ तथा ऋण लगानी २३ करोड ८५ लाख ४४ हजार ६५४ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको जगेडा तथा अन्य कोषहरुमा २ करोड ४९ लाख ५१ ह्जार ७०५ रुपैंयाँ रहेको जनाइएको छ ।

सभामा संस्थाका लेखा समिति संयोजक डा.केशवप्रसाद श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी संचालक सदस्य किरण मोक्तानले स्वागत मन्ब्य राखेको सभामा संस्थाका ब्यवस्थापक लेखनाथ नेपालले आगामी वर्ष ०८१ / ०८२ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।



Leave a comment