हाइलाइट

नवदुर्गा भवानी साकोसको एकदिने कृषि आधारभूत तालिम सम्पन्न

नवदुर्गा भवानी साकोसको एकदिने कृषि आधारभूत तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भरतपुरमा रहेको नवदुर्गा भवानी वचत तथा ऋण सहकारी संस्थाले एकदिने कृषि आधारभूत तालिम सम्पन्न गरेको छ । संस्थाको संयोजनामा भरतपुर महानगरपालिका वडा नं ५ को आयोजना तथा कृषि तथा वनविज्ञान विश्व विद्यालय रामपुरमा अध्यनरत विद्यार्थीको सहजिकरणमा तालिम सम्पन्न भएको हो।

संस्थाले आफ्ना शेयर सदस्यलाई कृषिमा व्यवसायिक बनाउन र नयाँ प्रविधिको जानकारी दिन तालिम आयोजना गरिएको जनाइएको छ । आधुनिक तरिकाले पशुपालन तथा पशुमा लाग्ने रोग निवारण र उपचारका पद्धति सिकाउने साथै उद्यमी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । ९८ जना शेयर सदस्यले तालिम प्राप्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव रामकृष्ण पौडेलले संस्थाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी तालिममा रामपुर कृषि तथा वनविज्ञान बिश्व विद्यालयका उपेन्द्र चौहान, विनिता बास्तोला, देविदत्त रोकायको उपस्थिति रहेको थियो भने, श्रृष्टि गौतमले सहजीकरण गरेको तालिम विष्णुप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।



Leave a comment