हाइलाइट

बाबियाखर्क साकोसको २८ औ वार्षिक साधारणसभा सम्पन्न

बाबियाखर्क साकोसको २८ औ वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ५ गते संस्थाका अध्यक्ष ऋषीराज घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संस्थापक दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

काठमाडौंको जोरपाटीमा एउटा सदस्यसेवा केन्द्र समेत रहेको यस संस्थाको असार मसान्तसम्म ३ हजार ९ सय ५४ जना  सदस्य, ४५ करोड २ लाख ८२ हजार २१५ रुपैंया पूँजी रहेको जनाइएको छ ।

साधारणसभामा संस्थाका सचिब हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य बुद्धिनाथ भट्टराईले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा प्रमुख अतिथि बास्कोटाले बाबियाखर्क साकोसले गरेका सदस्य लगाएत सामाजिक कृयाकलापहरु सकरात्मक रहेको बताए । उनले सहकारी अभियान र दलगत राजनीति फरक फरक पाटो भएकोले सहकारीमा दलगत राजनीतिको प्रभावले सकारात्मक परिणाम नल्याउने  बताए ।

त्यसैगरी कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब बिरेन्द्र भण्डारी, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, काठमाण्डौ महानगरपालिका ३१ वडा अध्यक्ष सरोज ढकाल, वडा सदस्य सरोज के सी, बचत तथा ऋण सहकारी संघ सिन्धुलीकी अध्यक्ष मिथुला प्याकुरेल, बचत तथा ऋण सहकारी संघ मोरंगका पुर्ब अध्यक्ष सोम निरौला लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

सभामा  विभिन्न बिधाहरुमा योगदान गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा साकोसका सदस्य समेत रहेका रुपन्देही जिल्ला अदालतका न्यायधिश बशिष्टकुमार घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बाबियाखर्क साकोसले संचालनमा ल्याएको आरोग्य बचत योजनामा सहभागी सदस्य हस्पिटल भर्ना भई उपचार गर्नु भएका ३ जनालाई  औषधि उपचार खर्च प्रदान गरिएको थियो ।



Leave a comment