हाइलाइट

जेष्ट आइडियोलोजी साकोसको १५ औं बार्षिक साधारण सभा सम्पन्न

जेष्ट आइडियोलोजी साकोसको १५ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षता एवं नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले सदस्यहरुले संस्थालाई सबल बनाउन नियमित रुपमा बचत गर्नुपर्ने बताए ।

संस्थालाई वित्तीय रुपमा बलियो बनाउन सदस्यहरुको सक्रिय सहभागिता आवश्यक पर्ने भन्दै ढकालले नियमित कारोबार गरी ऋण लिएर आर्थिक रुपमा सबल हुन उनको आग्रह छ ।

संस्थाका अध्यक्ष कार्कीले राज्यले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा भनेपनि सो अनुसारको नीति नियमका साथै पुँजी र जनशक्तिको अभावले समस्या भएको बताए ।

ऐनमा भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण र बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनममा ल्याउन सकेको भए सहकारी क्षेत्रका धेरै समस्या न्युनिकरण हुने उनले बताए ।

संस्थाले सहकारी शिक्षा कार्यक्रम मार्फत सदस्यहरुमा सहकारीप्रतिको महत्व र आवश्यकता बुझाई संस्थालाई वित्तीय रुपमा बलियो बनाउन लागि परेको  कार्कीले बताए । सदस्यहरुको विश्वासका कारण आर्थिक मन्दी र  विषम परिस्थितिमा पनि संस्थाको वित्तीय सुचाङक बलियो रहेको उनको भनाई छ ।

संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा, मोबाईल बैकिङ्ग, ई टेलर तथा मिसकल सेवाका साथै फन्ड ट्रान्सफर, क्यु आर भुक्तानी सेवा सञ्चालनमा ल्याएको जनाए ।

संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ९ करोड ९३ लाख,बचत संकलन १ अर्ब १६ करोड ३७ लाख,जगेडा तथा अन्य कोष २१ करोड २१ लाख र ऋण लगानी १ अर्ब ६७ करोड ५९ लाख गरेको छ ।

संस्थाले २९ करोड ११ लाख वाह्य ऋण लिएको छ । ५ करोड १४ लाख स्थिर सम्पत्ति रहेको संस्थाले गत आर्थिक बर्षमा  १ अर्ब ९० करोड २९ लाख कुल कारोबार गरेको  छ ।

संस्थाले गत आ।ब।मा १ करोड ७५ लाख कर अघिको नाफा आर्जन गरेको जनाइएको छ । संस्थाले यस आर्थिक बर्षमा सदस्यसँग ‘जेष्ठ आइडियोलोजी साकोस’ कार्यक्रम सञ्चालन गरी सदस्यहरुमा संस्थाप्रति अपनत्वको भावना विकास गर्ने भएको छ ।

त्यसैगरी सदस्य राहत कोष सञ्चालन गर्ने, नियमित बचत गर्न सदस्यलाई अभिप्रेरित गर्ने  र प्रविधिमैत्री सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने संस्थाको योजना रहेको छ ।

संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक मोहन बहादुर बुढाथोकीले समितिको प्रतिवेदन प्रस्ततु गरेका थिए । सभामा उत्कृष्ट कार्य गर्ने कर्मचारी, नियमित बचतकर्ता र असल  ऋणीलाई समेत सम्मान गरिएको थियो ।



Leave a comment