हाइलाइट

अलौकिक सपनावती साकोसमा नयाँ समिति चयन

अलौकिक सपनावती साकोसमा नयाँ समिति चयन :: Sahakari Akhabar

काठमाडौं । अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति निर्वाचित भएका छन । संस्थाको असोज १ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले बाबुराम गौतमको अध्यक्षतामा सात सदस्यीय संचालक समिति र भोला नेपालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी संचालक समितिको उपाध्यक्षमा शम्भुप्रसाद भण्डारी, सचिवमा फणिन्द्रमणि घिमिरे र कोषाध्यक्षमा भैरबी गजुरेल निर्वाचित भएका छन् । समितिको संचालक सदस्यमा रोशन नेपाल, सुधा ढकाल र कुमारीमाया कार्की चयन भएका छन् । यसैगरी सभाबाट लेखा सुपरीवेक्षण समितिको सदस्यमा माधव ढकाल र सम्झना भण्डारी निर्वाचित भएका छन् ।

साधारण सभाको अवसरमा संस्थाले स्थानीय सामाजिक संस्था सबल समाजसंगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममार्फत ७५ पिन्ट रगत संकलन भएको जनाइएको छ । यसै अवसरमा संस्थाले शेयर सदस्यहरु मध्येबाट उत्कृष्ट कारोबार गर्ने एक–एक जना बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता, नियमित बचतकर्ता र कारोबारी सदस्यलाई सम्मान गरेको छ ।

यसैगरी संस्थाले उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना कर्मचारी र शेयर सदस्यका छोराछोरीहरु मध्येबाट गत वर्षको एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरेको छ । यस्तै संस्थाले विगत लामो समय देखि संस्थको उन्नति र प्रगितिका लागि विभिन्न समिमितमा बसेर योगदान पु¥याएको भन्दै सल्लाहकार बिम्ब कुमार पौडेललाई विशेष सम्मान प्रदान गरेको छ ।

सभामा संस्थाका अध्यक्ष बाबुराम गौतमले आर्थिक वर्ष २०८ / ०८१ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष माधब ढकालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हरिहर वाग्लेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

संस्थाले आधुनिक प्रविधिलाई आत्मसात गर्ने क्रममा क्यूआर कलेक्सन एप मार्फत बचत संकलन सेवा, संस्थागत ईसेवा र सदस्यहरुको मोबाईल नम्बरमा एसएमएस मार्फत बचत तथा ऋणका सूचना प्रवाह गर्ने सेवा संचालन गरेको छ । साथै निकट भविष्यमा सदस्यहरुको थप सुविधाका लागि मोबाईल बैंकिङ्ग सेवा संचालन गर्ने तयारी गरेको जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार बिम्बकुमार पौडेल, शम्भुप्रसाद भण्डारी र कान्छा लामा, संस्थाका कानुनी सल्लाहकार प्रकाश पौडेल, सबल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ईश्वरी हुमागाई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment