हाइलाइट

अष्टलक्ष्मी साकोसको साधारण सभामा सदस्यलाई सम्मान

अष्टलक्ष्मी साकोसको साधारण सभामा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । मोरङको पथरी शनिश्चरेमा रहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १८औँ वार्षिक साधारण सभामा सदस्यहरुलाई सम्मान गरेको छ । पथरी शनिश्चरेमा रहेको संस्थाको भवनमा संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

सभामा संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८० / ०८१ को प्रगति प्रतिवेदन तथा २०८१र०८२ को लागि कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले संस्थामा हाल २ हजार २४ जना शेयर सदस्य, शेयर पुँजी १ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ, १० करोड ५१ लाख १९ हजार १०१  कुल बचत रहेको जनाइन् । त्यसैगरी संस्थाले ९ करोड १४ लाख १७ हजार ६ सय ४० रूपैयाँ ऋण लगानी रहेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी आगामी वर्ष जेष्ठ महिला सदस्य सम्मान, एकल महिला सदस्य सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता सम्मान तथा पुरस्कारका साथै संस्था स्थापना दिवस मनाउने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।

सभामा संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले चालु आर्थिक वर्षमा एक करोड ४४ लाख ८६ हजार ४ सय रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । उनले १८ लाख  ७१ हजार  १ सय १५  रूपैयाँ शुद्ध नाफा आर्जन गरेको सभामा जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र पूर्व अध्यक्ष बीना राईले संयुक्त रुपमा  उद्घाटन गरेका थिए भने साधारणसभामा जेष्ठ सेयर सम्मान, एकल महिला सम्मान, उत्कृष्ट बालबचत पुरस्कार, उत्कृष्ट ऋण कारोबारकर्ताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।



Leave a comment