काठमाडौं । सिद्वार्थनगर नगरपालिका आवारोडमा रहेको अभिरुचि बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सभाको संस्थाका अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षता तथा सिद्वार्थनगर नगरपालिका सहाकारी शाखा प्रमुख कमलकान्त खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नगरपालिकाले नियमन गर्ने नगरभित्र संचालनमा रहेका ५० वटा संस्था रहेको जानकारी दिए।
उनले कोभिड १९ पश्चात सृजना भएको विषम् आर्थिक अवस्थामा पनि संस्थाल हालसम्म निष्कलङ्कित रहदै सदस्यहरुलाई उचित व्याज र लाभांश वितरण गर्न सफल हुनु कुशल व्यवस्थापकीय भूमिका र असल नेतृत्वको परिणाम भएको बताए ।
उनले आर्थिक वर्षको पहिलो साधारण सभाको सुरुवात भाद्र महिनाबाटै भएको छ र आर्थिक वर्षको पहिलो ३ महिना भित्र वार्षिक लेखा परीक्षण र साधारण सभा सम्पन्न गर्ने नियामकीय निर्देशनलाई अन्य संस्थाहरुले पनि पालना गर्नुपर्ने बताए ।
कार्यक्रमा लेखापरिक्षक लक्ष्मण पौडेलले आफुले लेखापरीक्षण गर्ने गरेका धेरै सहकारीहरु मध्ये कतिपयले संचालकको नामाबली सम्पर्क नं समेत दिन आनाकानी गरिरहेको अवस्थामा पारदर्शी ढङ्गले सहकारी ऐन नियममा रही संचालनमा रहेको बताए ।
संस्थाका अध्यक्ष टिकाराम भट्टराईले अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष निराजन पोखरेलको आर्थिक प्रतिवेदन र गिरराज गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्ररस्तुत गरेका थिए ।
२०६७ साल चैत्र २७ गते ४० जाना सेयर सदस्यहरुबाट १० लाख सेयर पुँजीबाट सुरुभएको सहकारी १४ औं साधारणसभा सम्म आईपुग्दा सेयर पुँजी २ करोड ५४ लाख ७५ हजार, बचत संकलन ३ करोड ५३ लाख ७१ ह्जार १६६ रुपैंयाँ तथा ४ करोड ३७ हजार ८२८ रुपैंयाँ लगानीमा रहेको ऋण रहेको जनाइएको छ ।
संस्थामा हाल २७५ जना सेयर सदस्यहरु आबद्ध रहेका छन । सभामा संस्थाका निवर्तमान अध्यक्ष जीवन प्रकाश पाण्डेयले सस्थाको बारेमा प्रकाश पार्दै साधारणसभामा उठेका सवालको जवाफ दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत मन्तव्य, तथा सचिव उमेश भट्टराईले संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार भीष्म प्रसाद न्यौपाने कानुनी सल्लाहकार लेखनाथ पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
Leave a comment