हाइलाइट

शुभकामना साकोसको निर्वाचन सहितको २४ औं साधारण सभा सम्पन्न

शुभकामना साकोसको निर्वाचन सहितको २४ औं साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । सूर्यविनायकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि  रामप्रसाद कासुलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । कासुला यस अघि पनि संस्थाको अध्यक्ष रहेका थिए ।

त्यसैगरी सभाले संस्थाको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य सर्वसम्मत चयन  गरेको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नूतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला चयन भएका छन । यसैगरी सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवा र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन गरेको छ ।



Leave a comment