हाइलाइट

राष्ट्रसेवक साकोसको निर्वाचन सहितको २६औँ वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रसेवक साकोसको निर्वाचन सहितको २६औँ वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २६ औँ बार्षिक साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत सहकारीको बार्षिक प्रतिवेदन बहुमतले पारित गरेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सहकारीले ४९ करोड ६८ लाख ९३ हजार ६३६ रुपैयाको कारोबार गरेको छ । सहकारीको शेयर रकम ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैया रहेको छ भने बचत ३४ करोड ९४ लाख ६८ हजार ३७० रुपैया रहेको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा १ करोड ९१ लख ५५ हजार १५९ रुपैया पुगेको छ भने सहकारीको कूल कोष ४ करोड ८७ लाख ८९ हजार १८ रुपैया रहेको छ ।

सहकारीले ४ करोड ८२ लाख ०४ हजार ५८६ रुपैया आम्दानी गरेकोमा ४ करोड १८ लाख ५२ हजार ७४१ रुपैया खर्च गरेर ६३ लाख ५१ हजार ८४४ रुपैया खुद नाफा कमाएको छ । सहकारीमा १ हजार ८४७ जना शेयर सदस्य रहेका छन् ।

विभिन्न पुरस्कार बितरण

साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधाका पुरस्कारहरु पनि वितरण गरेको थियो । सहकारीले किशोरी खतिवडा स्मृति पुरस्कार अक्षयकोषबाट साहित्यकार भवानी खतिवडालाई सम्मान गरेको छ ।

त्यसैगरी स्व. दधिराम दाहाल स्मृति अक्षयकोषबाट कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय रामबहादुर मगरलाई प्रदान गर्ने घोषणा गरेको छ ।

त्यस्तै उत्कृष्ट अंक साथ प्लस टु उतीर्ण गर्ने विज्ञान र अन्य संकायका गरी ३ जना शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको छ भने  विद्यावारिधी गर्ने १¸ स्नातकोत्तर उपाधी हासिल गर्ने १३ जना र स्नातक उपाधी हासिल गर्ने  ८ जना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ ।

सहकारीले स्व. डमरुबल्लभ बसन्तकुमारी चापागाई स्मृति पुरस्कार¸ मायादेवी हरिमाया न्यौपाने स्मृति पुरस्कार र गणेशचेतन राई स्मृति पुरस्कारबाट आ.व.०७९ / ८० सालको एस.इ.इ. परीक्षामा उत्कृष्ठ अंक ल्याउने सदस्यका सन्तती मध्येबाट ७ जनालाई पुरस्कृत गरेको छ ।

अध्यक्षमा पूनः काफ्ले

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पून:जीवन काफ्ले सर्वसहमत चयन भएका छन् । संस्थाले ११ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति सर्वसहमत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा तुलसीनारायणअधिकारी¸ सचिवमा ओमराज सुवेदी¸ कोषाध्यक्षमा फणिन्द्रनाथ अधिकारी र संचालक सदस्यहरुमा तुलसीप्रसाद खतिवडा¸ प्रदीपकुमार पाण्डे¸ कमला दाहाल¸रोहित पौडेल¸जय प्रसाद काफ्ले¸ केदार प्रसाद चौधरी र यादवदेवी सुवेदी सर्वसहमत चयन भएका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक अन्तिमकुमार आचार्य र सदस्यहरुमा चोमेशकुमार पोखरेल र रोशनकुमार पोखरेल सर्वसहमत चयन भएका हुन । नयाँ कार्यसमितिको कार्यकाल ४ बर्षको रहनेछ ।



Leave a comment