हाइलाइट

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको निर्वाचन सहितको ११ औं बार्षिक साधारण सभा सम्पन्न 

सहकारीमार्फत पनि पर्यटन प्रवर्धन हुन्छ र ? भन्ने सोचलाई चिर्नुपर्छः मन्त्री महर्जन

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको निर्वाचन सहितको ११ औं बार्षिक साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश श्रम, रोजगार तथा पर्यटन मन्त्री प्रेमभक्त महर्जनले सहकारी मार्फत पर्यटन प्रवर्धन हुनसक्छ र भन्ने सोचको परिवर्तन गराउनु पर्ने बताएका छन् । सहकारीलाई सेवामूलक क्षेत्रमा अगाडी बढाइ नेपालको दिगो पर्यटनकालागि सहकारी संगै जोडेर लान सकिने बताएका हुन् ।

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको निर्वाचन सहितको ११ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री महर्जनले नेपालको पर्यटनलाई सहकारीसंग कसरी जोडेर लैजान सकिन्छ भन्ने तर्फ पर्यटन सहकारीहरु र केन्द्रीय संघले कार्ययोजना बनाउनु पर्ने बताएका छन् ।

उनले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन पर्यटन ब्यवसायको ठूलो भूमिका रहेकोले सहकारीलाई पनि यो ब्यवसायमा जोड्न सकिने बताए । उनले केन्द्रीय संघले पर्यटन प्रवर्धनलाई सहकारी मोडलमा अगाडी बढाउन सकिने बताए ।

देशमा गाउ गाउँमा संचालनमा रहेका होमस्टेहरुलाइ पनि पर्यटन सहकारीसंग जोडेर लान सकिने भएकोले केन्द्रीय संघले त्यसकोकालगि पहल गर्नुपर्ने उनको भनाइ छ । नेपालमा फरक फरक भौगोलिक अवस्था भएको हुनाले पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उनले यस क्षेत्रको प्रचार प्रसारलगायत ब्यवसायीकरुपमा अघि वढ्न सहकारी संगै सहकार्य गरेर जान सकिने बताए ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको सभामा राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाई, संघका संस्थापक उपाध्यक्ष मुकुन्द दाहाल, बागमती प्रदेश सहकारी संघका लेखा समिति संयोजक नेत्रराज पौडेल तथा नेपाल पर्यटन बोर्डका निवर्तमान उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष शर्मा घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले ६ वटा जिल्लाबाट एउटा जिल्ला सहकारी संघ र २७ वटा प्रारम्भिक संस्था मिलेर २०७१ सालमा केन्द्रीय संघ गठन भएको जनाए । हाल १९ वटा जिल्लामा ७० वटा भन्दा बढी पर्यटन सहकारी दर्ता भएपनि केन्द्रीय संघमा १६ वटा जिल्लाका ६४ वटा संस्था सदस्य रहेको जानकारी दिए ।

उनले गत वर्ष ललितपुर महानगरपालिकाको सहकार्यमा होमस्टे तालिम सम्पन्न गरेको जनाए । त्यसैगरी संघले सरोकार निकायसंगको सहकार्यमा विभिन्न तालिम तथा पर्यटन प्रवर्धनको काम गरेको जनाए । उनले आगामी आवमा देशमा रहेका पर्यटन सहकारी सस्थाहरु पहिचान गरी पर्यटन प्रवर्धनकालागि आवश्यक तालिमलगायतका कार्यहरु गरी पर्यटन प्रवर्धनमा सहकारीलाई जोडेर लैजाने बातावरण निर्माण गर्ने बताए ।

त्यसैगरी स्थानीय, प्रदेश र केन्द्रका सरकार संग मिलेर पर्यटन सहकारी मार्फत प्रवर्धनका काम गर्ने जनाए । सभाले प्रस्तुत संचालक समिति तथा लेखा समितिको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा मन्त्री महर्जनलगायत बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संघको बार्षिक साधारण सभाको कार्यक्रम बागमती प्रदेश सहकारी संघका ब्यवस्थापक रुपक घिमिरेले संचालन गरेका थिए ।

नयाँ संचालक समिति चयन

केन्द्रीय सहकारी संघको ११ औं बार्षिक साधारण सभाले चन्द्रप्रसाद रिजालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टिकाराम भट्टराई महासचिवमा तेजबहादुर बोहोरा, सचिवमा ज्ञानमणि न्यौपाने र कोषाध्यक्षमा तेजबहादुर खड्का चयन भएका छन् ।

त्यसैगरी संघको संचालक सदस्यमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह पनि संचालक सदस्यमा चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजमा बुद्धिमान विश्वकर्मा चयन भए भने सदस्यहरुमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन् ।



Leave a comment