काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भदौ २८ गते सदस्यहरूका लागि विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका सचिब हरिप्रसाद घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संस्था र संस्थाका कार्यक्रमका बारेमा छलफल गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले क्रमिक बचतको महत्व उमेर ढल्के पछि थाहा हुने भएकोले कमाउने उमेरमा वचत गरेमा बृद्धावस्था सुखद हुने धारणा ब्यक्त गरे ।
उनले सहकारी संस्थामा सदस्यहरुको पहुँच बनाउन सदस्यमुखी कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा १४० जना सदस्यहरुको सहभागीता रहेको थियो ।
Leave a comment