हाइलाइट

झापाको सूर्यदर्शन साकोसको १५ औ साधारणसभा सम्पन्न

झापाको सूर्यदर्शन साकोसको १५ औ साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । दमक ६ झापामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ २३ गतेबाट एकाइगत रुपमा सुरु भएको बार्षिक साधारण सभा बुधबार बार्षिक प्रतिवेदन पारित गर्दै समापन गरिएको छ ।

सभामा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले यो वर्ष सहकारी अभियानकालागि उति लाभदायिक वर्ष नभएको बताए । उनले बिषम परिस्थतीमा पनि अघिल्लो वर्षको तुलनामा संस्थाले बाह्य ऋण घटाउनु निक्षेपमा समेत बृद्धि गरि १ अर्व ७७ करोड पुर्याउनु राम्रो प्रयास भएको बताए ।

त्यसैगरी समापन कार्यक्रमका अतिथीहरुले सहकारी अभियानमा केही अराजक तत्वले अफवाह फैलाउने प्रयास गरेको भन्दै अभियानलाई सामाजिक र सदस्य केन्द्रित कार्यक्रम गरी सशक्त बनाउन सुझाव दिएका थिए । कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले सहकारी संस्थाले बचत र ऋणको कारोबारलाई मात्र प्राथमिकता दिनु नहुने भन्दै सहकारीले उत्पादन क्षेत्रमा समेत लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा दमक उद्योग वाणिज्य सघंका अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल) ले सूर्यदर्शन सहकारी पछिल्लो समय सामाजिक काममा समेत निकै सकृय रहेको भन्दै अहिले सकारीबाट ऋण खाने तर तिर्नु पर्दैन भन्दै केही समूहले अभियानका नाममा भड्किलो परिस्थती बनाइरहेको तर्फ सचेत रहन सल्लाह दिए । उनले त्यसखाले समूहलाई निरुत्साहित गर्न सरकारले नै पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराज सापकोटाले बार्षिक प्रविेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष ०८० / ०८१ मा संस्थाले १७ करोड ६९ लाख ४१ हजार १०० रुपैंयाँ शेयर पूँजी, १ अर्ब ७७ करोड ६४ लाख ८२ हजार ८५८ रुपैंयाँ बचत संकलन भएको सभामा जानकारी दिए ।

त्यसैगरी संस्थाले १ अर्ब ७३ करोड ३७ लाख ७१ हजार ७३१ रुपैंयाँ ऋण लगानी तथा संस्थामा ११ करोड ८१ लाख ६६ हजार १९८ रुपैंयाँ जगेडा कोषमा रहेको जनाए । २ अर्ब २७ करोड ७८ लाख ७८ हजार ८६९ रुपैंयाँ कूल सम्पति रहेको सभामा जानकारी गराए ।

त्यसैगरी उनले गत आवदेखि नै संचालनमा ल्याएको सदस्य राहत कार्यक्रम अन्तर्गत ५ लाखको दुर्घटना विमा, १ लाखको जिवन विमा, दुर्घटना भइ वा विरामी भई अपरेसन गर्नुपर्ने भएमा अपरेसन खर्च १० हजार दिने गरेको बताए ।

त्यसैगरी संस्थाले सदस्य सुत्केरी खर्च आमालाई ५ हजार २ जना सम्म र पोषण खर्च १ हजार, दिघकालीन रोग क्यान्सर, मुटु र मृगौला रोगमा १० हजार, सदस्यको मृत्यु भएमा २५ हजार सदस्यको श्रीमती वा श्रीमानको मृत्युमा १० हजार सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए ।

त्यसैगरी संस्थाले सदस्यको छोरीको विवाहमा ५ हजार, ७० वर्ष पुरा भएको सदस्यलाई वार्षीक रुपमा दशै खर्च १ हजार, एसइई मा उत्कृष्ट छात्र छात्रालाई सम्मान, ५० हजार सम्म तत्काल सापटि सुविधा, सर्वसुलभ ब्याजदरमा कर्जा सुविधा र बचतमा उचित व्याजदरका साथै पुरस्कार तथा सम्मानका कार्यक्रमहरु नियमित संचालन गरेको जनाए ।

त्यसैगरी संस्थाले अन्तर शेयर सदस्य मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगतिा, नमुना कवर्डहलमा सिसिटिभि जडान, बृहत रक्तदान कार्यक्रम, योग कार्यक्रमका साथै सुर्यदर्शन योग साधना केन्द्र स्थापना, बजार सरसफाई तथा बृक्षरोपण कार्यक्रम गरेको जनाए।

विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, तिज विशेष कार्यक्रम, होली मिलन कार्यक्रम, आमा बुवाहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए । अध्यक्ष सापकोटाले संस्थाले सम्पूर्ण कारोवारलाई आधुनिकिकरण गर्दै सदस्यहरुलाई सुरक्षित, छिटो छरितो र ३६५ दिन चौविसै घन्टा सेवा प्रदान गरिरहेको जनाए । संस्थाले बचत तथा ऋण सेवाको साथै नगद रहित भुक्तानी सेवालाई आत्मसाथ गर्दै सूर्यदर्शन मोबाइल एप्समार्फत सेवा प्रदान गरिरहेको जनाए ।

उनले सदस्यहरुको खाता र कारोवार सम्बन्धि सम्पूर्ण जानकारी प्रदान गर्नुका साथै सदस्यहरु बीच रकम ट्रान्सफरका अतिरिक्त मोवाईल रिचार्ज, टेलिफोन बील भुक्तानी, विद्युत महसूल भुक्तानी, खानेपानी बिल भुक्तानी, हवाइ टिकट, टिभि, इन्टरनेट, इन्सुरेन्स किस्ता भुक्तानी, सहकारीको खाताको रकम बैक खातामा जम्मा गर्ने, बैक खाताको रकम सहकारीको खातामा जम्मा गर्ने सेवा प्रदान गरिरहेको सभामा जानकारी दिए।

रेमिटेन्स सेवाका साथै फोन पे, क्यूआर पेमेण्ट सुविधा प्रदान गरिएको जनाए । त्यसैगरी अध्यक्ष सापकोटाले सुर्यदर्शन सहकारी स्थापना पछि सञ्चालन भएपछि समुदाय र सदस्यहरुमा बचत गर्ने बानिको बिकास, गुणस्तरिय बित्तिय सेवाको उपलव्धता, आर्थिक पहुँचमा बृद्धि, घरेलु तथा साना उधोग स्थापनामा सहयोग भएको बताए ।

त्यसैगरी बित्तिय चेतनाको अभिबृद्धि, पारस्परिक सहयोगको भावनाको बिकास, गरिबी न्युनिकरणमा सहयोग, सहकार्य र सद्भावको बिकास, सामाजीक कार्यमा सहभागीता, सास्कृतीक तथा धार्मिक कार्यक्रमको बिकास, खेलकुद जन्य गतिविधि सकृयता, योग, ध्यान र स्वास्थ्य जनचेतना, बातावरण स्वच्छ तथा हराभरा समाज निर्माण, बालबालीकामा बचत सम्वन्धी ज्ञान, ब्यापारीक गतिवधिमा ब्यापकता आएको जनाए ।

कार्यक्रममा संस्थाका सचिव कमल नेपालले सस्थालाई १५ वर्षसम्म निरन्त अब्वल बनाएर ल्याउन सफल रहेको बताए । उनले सहकारी प्रति सदस्य नै सचेत भएर कारोबार गर्नुपर्ने भन्दै बर्तमान अवस्थामा देशभरिका सहकारीलाई सदस्यको सकरात्मक साथको खाँचो रहेको उनको भनाइ थियो । उनले संस्थामा सदस्य, कर्मचारी र सामाजिक अगुवाहरुको समेत महत्वपूर्ण योगदान रहेकोले अझै समाज र सदस्यमा घुलमिल हँुदै नविनतम कार्यक्रम ल्याएर अघि बढ्ने बताए ।



Leave a comment