काठमाडौं । लम्कीचुहा कैलालमिा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई तरकारी खेती तालिम र निशूल्क बिउ वितरण गरेको छ । संस्थाले सदस्य किसानहरुलाई दुई दिने तरकारी खेती सम्बन्धि तालिम तथा निशूल्क बिउ बिजन बितरण गरेको हो ।
संस्थाले भाद्र २५ गते बाट सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशको राजापुरमा गरि २५ वटा शाखामा सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम असोज २१ गते सम्म संचालन हुनेछ । सदस्यहरुलाई आफ्नो घर वरिपरिको जग्गालाई सदुपयोग गरि विषादी रहित स्वस्थ तरकारी उत्पादन गरि आफू र आफ्नो घरपरिवार स्वस्थ राख्नु तालिमको मुख्य उद्देश्य रहेको सस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले जनाए ।
संस्थाले हरेक वर्ष कृषि सम्बन्धि तालिम दिदै आइरहेको र यस वर्ष पनि तराईका २५ वटा शाखामा करिब २५ सयदेखि ३ हजारसम्म सदस्यहरुलाई तालिम प्रदान गर्ने लक्ष्य रहेको महाप्रवन्धक शाहले जनाए । संस्थामा ८६ हजार १२० जना सदस्य रहेका छन् ।
Leave a comment