काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब पर्साले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्लबले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । क्लवले वीरगंजको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय शिक्षा दिएको थियो ।
पछिल्लो समय सहकारी संघ संस्था र क्लबहरुले विद्यार्थीहरुलाई बचतको महत्व बुझाउने उद्देश्यले यस्ता कार्यक्रमहरु सचालन गर्दै आएका छन् । विद्यार्थीहरुलाई अहिले देखिनै सहकारीको आवश्यकताका साथै सहकारीमार्फत ससानो रकम बचत गर्न सिकाउने उद्धेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको म्यानेजर्स क्लबले जनाएको छ।
युवाहरुमा सानो रकम बचत गर्ने बानीको विकास गर्दै जाँदा भविष्यको लागि आवश्यक पर्ने पुँजी निमार्ण गर्न पनि यस्ता कार्यक्रमहरु सहायक सिद्ध हुने क्लबका अध्यष रविभुषण श्रीबास्तबले बताए । विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दा थप प्रभावकारी हुने र उनीहरुमा बचत गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास हुने अध्यक्ष श्रीबास्तवको भनाइ छ । कार्यक्रममा सहकारी बैंक वीरगंज शाखा प्रमुख सञ्जय महतोले प्रशिक्षण दिएका थिए ।
Leave a comment