काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष एक्सेस ब्राण्ड प्राप्त गरेको छ । विगतका वर्षमा नेपालबाट २४ वटा संस्था सम्मले विभिन्न ब्राण्ड पाएका थिए भने यो वर्ष जनउत्थान साकोसले मात्र पाएको हो ।
संस्था एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले संचालन गरेको एवन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन्सर्भिस एण्ड साउन्डनेस (एक्सेस) ब्राण्ड कार्यक्रम भाग लिएको थियोे । संस्थाले एशियाली ऋण महासंघ (अकू)को बालीमा सेप्टेम्बर ५ देखि ७ सम्म हुने अकू फोरम २०२४मा उक्त ब्राण्ड प्राप्त गरेको हो ।
इन्डोनेसियाको बालीमा जारी अकू फोरम २०२४ को पहिलो दिन आयोजित औपचारिक उद्घाटन समारोहमा साकोसलाई ब्राण्ड प्रदान गरिएको हो । अकूका अध्यक्ष योनसीक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले जनउत्थान साकोसका कार्यवाहक अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापालाई प्रदान गरेका थिए।
गत वर्ष नेपालबाट जनउत्थान र चण्डेश्वरी साकोसले ब्राण्ड पाएका थिए । गत वर्ष जनउत्थानले सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । यो वर्ष ब्रोञ्ज प्राप्त गरेको हो । २०७६ सालमा नेपालका २४ साकोसले एक्सेस ब्राण्ड पाएका थिए ।
Leave a comment