काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सहकारीको सिद्धान्त गलत नभको बताएकी छिन् । पछिल्लो समय सहकारी क्षेत्रमा परेको वित्तीय संकटले सहकारी नै गलत हो की भन्ने भाष्य सिर्जना भएको भएपनि सिद्धान्त गलत नभएको उनको भनाइ छ ।
सितापाइलामा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तीज विषेश तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले बिश्वले नै सहकारी क्षेत्रलाई आत्मसात गरेर अगाडि बढेको र सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेको उल्लेख गरिन ।
नेपालमा पनि सहकारीको महत्व कम नरहेको भन्दै उनले केही व्यक्तिले सहकारीको सिद्धान्त भन्दा बाहिर गएर संस्था संञ्चालन गर्दा समस्या आएको बताईन् । सहकारीले महिला नेतृत्व, शसक्तिकरण, वित्तीय पहुँच, वित्तीय साक्षरता तथा समावेशिता निमार्णमा उल्लेख भूमिका खेलेको उनको भनाई छ ।
सहकारीमा सानो बचत गरी भविष्यको लागि पूँजी निमार्ण गर्न सक्ने भएकाले सदस्यहरुलाई आफुले सकेको बचत गर्न उनको आग्रह छ । फजुल खर्च घटाई भविष्यको लागि बचत गर्ने उत्तम माध्यम सहकारी भएको उनको धारणा छ ।
पुरुषको तुलनामा महिला इमान्दार हुने भन्दै उनले महिलाले सञ्चालन गरेका सहकारी बढी सुरक्षित रहेको बाइन । वैधानिक रुपमा व्यापार व्यवसाय गरी आर्थिक उन्नत्ति गर्न सक्ने भन्दै उनले यसका लागि सहकारीले ऋण दिएर सघाउनु पर्ने उनले जनाइन् ।
संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले ब्यवसायी सदस्यहरुलाई व्यवसाय दर्ता प्रकृया सम्बन्धि जानकारी तथा उपासना तिज २०८१ आयोजना गरेको बताइन् । उनले सदस्यहरुलाई ब्यवसाय दर्ता गरी सञ्चालन गर्दा हुने फाइदाका बारेमा जानकारी दिँदै सरकारले दिने अनुदान पहुँचवालाले मात्रै पाउने गरेको बताइन् ।
सहकारीले धेरै हद सम्म महिलालाई आर्थिक क्रियाकलापमा सहभागि बनाएको भन्दै मर्हजनले शहर देखि गाउँसम्मका महिलाहरु सहकारी मार्फत आर्थिक क्रियाकलापमा सहभागि बनेको बताइन् । कार्यक्रममा अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, नियमित बचतकर्ता, पत्रकार र दाम्पत्य बचत योजनामा सहभागी सदस्यलाई सम्मान गरेको थियो ।
Leave a comment