काठमाडौं । हाम्रो बचत तथा ऋण सहकारी संस्था र बौद्धिक उपभोक्ता सहकारी बीच एकीकरण हुने भएको छ । दुबै संस्थाका सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयुक्त बैठक बसी एकीकरण सम्झौता समेत सम्पन्न भएको छ ।
हाम्रो साकोस ललितपुरको लगनखेलमा मुख्य कार्यालय हाम्रो साकासर र ललितपुरकै महालक्ष्मी नगरपालिका९१ मा रहेको बौद्धिक उपभोक्ता सहकारीले आगामी वार्षिक साधारण सभाबाट एकीकरण कार्यविधि पारित गरि एकीकरण गर्ने भएका छन् । हाम्रो साकोसका अध्यक्ष शम्भु प्रसाद फुयाल र बौद्धिक सहकारीका अध्यक्ष नन्द कुमार न्यौपानेले सहमतिमा हस्ताक्षर गरेका छन् ।
यस अघि ४ वटा संस्था एकीकरण भएकोमा यस पटक बौद्धिक उपभोक्ता र टिकाभैरब नमुना कृषि सहकारी सहित एकीकरण हुँदा हाम्रो साकोसको छैटौं एकीकरण हुनेछ । यसअघि टिकाभैरब नमुना कृषि सहकारी र हाम्रो साकोस बीच एकीकरण सम्झौता भैसकेको छ ।
साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले एकीकरण पश्चात ७ हजार ८०० सदस्य, १८० करोडको कुल सम्पत्ति, १२८ करोड ऋण लगानी, १३२ करोड बचत, १४ करोड संस्थागत पूँजी कायम हुने जानकारी दिए ।
Leave a comment