विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले ४९ करोड बढी कारोबार गरेको छ । संस्थाले ४९ करोड ६८ लाख ९३ हजार ६३६ रुपैयाको कारोबार गरेको हो । सहकारीले चालु आर्थिक बर्षमा ५९ करोड २१ लख ३७ हजार ६९ रुपैयाको कारोबार गर्ने लक्ष्य राखेको छ ।
शनिबार विराटनगरमा सम्पन्न संस्थाको २६ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन माथि छलफल तथा सुझाव संकलन कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्ततुत कार्यक्रम अनुसार सहकारीको शेयर पुँजी कूल सम्पतिको १३.९३ प्रतिशत अर्थात ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैया रहेको छ ।
सहकारीको निक्षेप ३४ करोड ९४ लाख ६८ हजार ३७० रुपैया ९४ रुपैया रहेको छ भने ३३ करोड ४४ लाख ८१ हजार ५१२ रुपैया ऋण लगानी रहेको छ । सहकारीले ४ करोड ८२ लाख ४ हजार ५८६ रुपैया ५६ पैसा आम्दानी गरेकोमा ४ करोड २४ लाख ३७ हजार १७३ रुपैया ५० पैसा खर्च गरेको छ । सहकारीको निक्षेप कुल सम्पतिको ७२.७३ प्रतिशत रहेको छ भने ऋण लगानी कुल सम्पतिको ६९.६१ प्रतिशत रहेको छ ।
सहकारीमा १८४८ जना शेयर सदस्य रहेका छन् । जसमा १०४० जना पुरुष छन् भने ७९७ जना महिला र अन्य ९ जना रहेका छन् । सहकारीले चालु आर्थिक बर्षमा १५० जना शेयर सदस्य थप्ने लक्ष्य राखेको छ । सहकारीको जगेडा कोषमा ४ करोड ८७ लाख ८९ हजार १८ रुपैया ४२ पैसा रहेको प्रस्तुत विवरणमा उल्लेख छ । जगेडा कोषको अंश कुल कोषको ३९.२६ प्रतिशत रहेको छ ।
भदौं २९ गते निर्वाचन सहितको साधारण सभामा जुटेको राष्ट्रसेवक साकोसले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । सहकारीले ग्याँसको कारोबार गर्दै आएको छ भने सहकारीलाई प्रविधिमैत्री बनाउन अनलाईन सफ्टवेयर र मोबाईल एप्लिकेशन÷डिजिटल डिस्प्ले बोर्ड सम्वन्धि व्यवस्था गरेको छ।
सहकारीले आफ्नै भवनमा आफ्नो काम गरिरहेको छ । भवन निर्माणको तेस्रो तलसम्मको निर्माण कार्य सम्पन्न गरेको र भवनको डिजाईन अनुसार अन्तिम तथा चौथो तलाको निर्माणको लागि बोलपत्र आव्हान भइ निर्माण गर्ने प्रक्रियामा रहेको सहकारीका अध्यक्ष काफ्लेले बताए ।
कार्यक्रममा सहकारीका अगुवा सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुले सहकारीको निति तथा कार्यक्रम माथि सुझाव दिदै सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । सदस्यको वृद्धिविकास लगायत हरेक समस्यामा सहकारी हुनुपर्ने उनीहरुको भनाई थियो ।
Leave a comment