जिल्ला सहकारी संघ सिन्धुली बन्यो वर्षकै पहिलो साधारण सभा गर्ने संघ

जिल्ला सहकारी संघ सिन्धुली बन्यो वर्षकै पहिलो साधारण सभा गर्ने संघ :: Sahakari Akhabar

काठमाडौं । आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्र सहकारी संघ सस्थाले बार्षिक साधारण सभा गरिसक्नु पर्ने कानुनी ब्यवस्था गरिएको छ । जिल्ला सहकारी संघ सिन्धुलीले आर्थिक वर्ष सकिएलगत्तै संघको बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संघको ३१ औं वार्षिक साधारण सभा भदौ ९ गते आइतबार नै सम्पन्न गरेको हो । सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी महाँसंघका उपाध्यक्ष डिबी वस्नेतले आर्थिक वर्ष ०८१ / ०८२ को पहिलो साधारण सभा भएको वताएका छन् । जिल्ला सहकारी संघ सिन्धुलीले ३१ औं स्थापना दिवसको अवसरमा बार्षिक साधारण सभा पनि सम्पन्न गरेको हो ।

डिबी बस्नेतलाई अभिनन्दन

जिल्ला सहकारी संघले साधारण सभा तथा स्थापना दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई अभिनन्दन गरेको छ । संघले कार्यक्रमको अवसरमा दोलखा वाट रु. १ वचत अभियानको शुभारम्भ गरी सहकारी अभियानमा जोडिई नेपालको राष्ट्रिय अभियानमा लामो समय नेतृत्व तहमा रहि सहकारी क्षेत्रमा पुर्याएको अतुलनिय योगदान एवं सिन्धुलीको सहकारी अभियानलाई चलायमान वनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष वस्नेतलाई अभिनन्दन गरको हो।

२०५० साल भाद्र ९ गते स्थापना भएको जिल्ला सहकारी संघमा सिन्धुली जिल्ला भर रहेका ५१७ सहकारी संस्थाहरु मध्य २६७ सहकारी संघ संस्थाहरु आवद्ध रहेको जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाले वताएका छन् । स्थापना दिवसकोे अवसरमा नै वार्षिक साधारण सभा गर्ने गरिएको अध्यक्ष कोइरालाले बताए । वार्षिक सधारण सभा र स्थापना दिवस एकै दिन गर्दा दुर्व कार्य एउटै सहभागी एवं वजेटले सपन्न गर्न सकिने उनको भनाइ छ ।

साधारण सभा आर्थिक वर्षको सुरुवातमै सम्पन्न गर्दा पारदर्शिता एवं साधारण सभाले परित गरेपछि सदस्य संस्थाहरुले पाउने लाभांस एवं सरक्षीत पूँजी फिर्ता पनि समयमा नै सदस्यको खातामा जम्मा हुने भएकोले विगत ४ वर्ष देखि एकै दिन वार्षिक साधारण सभा गर्ने संस्कारको थालनी भएको अध्यक्ष कोइरालाको भनाइ छ।

कार्यक्रममा संघको आ.व. २०८० / ८१ को वित्तिय प्रतिवेदन संघकी कोषाध्यक्ष राधा कार्कीले प्रस्तुत गरेकी थिइन् । संघले संपूर्ण खर्च कटाई २०८०।८१ मा २ लाख ४२ हजार २८४ रुपैंयाँ खुद वचत गर्न सफल भएको जनाइन् । संघले शेयर लाभांस कोष खर्च गरि सदस्य ५ प्रतिश लाभांस वितरण गर्ने जनाइएको छ । संघले वचत र ऋणको कारोवारको आधारमा संरक्षित पूँजी फिर्ता गर्ने निर्णय पनि संघको वािर्षक साधारण सभाले पारित गरेको छ ।

सभाले उत्कृष्ठ संंस्थाको रुपमा प्राकृतीक कृषि तथा जडीवुटी कृषि सहकारी संस्था, महिला साना किसान कृषि सहकारी संस्था नियमित बचतकर्ता, तथा असल एवं नियमित ऋणी सदस्य सस्थामा जनसेवा वचत तथा ऋण सहकारी संस्था सम्मानित भएका छन् ।

त्यसैगरी उत्कृष्ठ व्यवस्थापकमा दीपमाला महिला वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गोमा चौलागाईलाई सभामा सम्मान गरिएको थियो । त्यसैगरी संघले वार्षिक साधारण सभाको अवसरमा संघको निस्कृय दुई पालिकाका संचालक परिवर्तन गरि मरिण गाउँपालिकाका संह संयोजक मान वहादुर भुजेल र सुनकोशी गाउँपालिकाका संयोजक रोशनराज गीरीलाई संचालकमा पदमा वहाली गरेको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालको अध्यक्षमा भएको कार्यक्रममा प्रगति प्रतिवेदन सचिव खडानन्द तिमल्सिनाले प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन लेखा संयोजक बद्री नारायण श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रम संघका महासचिव अशोक श्रेष्ठले संचालन गरेका थिए ।



Leave a comment