बाबियाखर्क साकोसको वित्तीय साक्षरता कार्यक्रममा सदस्यलाई उपचार खर्च २१ हजार प्रदान

बाबियाखर्क साकोसको वित्तीय साक्षरता कार्यक्रममा सदस्यलाई उपचार खर्च २१ हजार प्रदान :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क  वचत तथा ऋण सहकारी संस्थाले तीज विशेष वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले भदौ ८ गते शनिबार मुख्य कार्यालय शान्तिगर अन्तरगत तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रम संचालक सदस्य एवं महिला उपसमिति संयोजक श्रीभा नेपाल (न्यौपाने) को अध्यक्षतामा सम्पन्न गरेको हो ।

कार्यक्रममा संयोजक न्यौपानेले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमले दिदीबहिनीहरु वीच संस्थागत हितको वारेमा छलफल हुने र क्रमिक प्रकृतीका बचतको महत्व जानकारी हुन गई संस्था र सदस्य दुबैलाई फाइदा हुने बतताइन् ।

सोही अवसरमा संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले वित्तीय साक्षरताले वचत परिचालनका बारेमा सदस्यहरुलाई सिकाउने हुँदा सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम उपयोगी हुने भएकोले संस्थाले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको बताए ।

उनले वचत तथा ऋण सहकारी संस्थाहरुले सुशासन कायम गर्नुपर्नेमा जोड दिनुपर्ने भन्दै सदस्य जागरुक भएमा सहकारी संस्था सफल हुने धारणा ब्यक्त गरे । कार्यक्रममा बाबियाखर्क साकोसले संचालनमा ल्याएको आरोग्य बचत योजनामा सहभागी भई हस्पिटल भर्ना भई उपचार गर्नु भएकी सदस्य पार्बती भण्डारीलाई औषधि उपचार खर्च स्वरुप २१ हजार ५१९ संस्थाका अध्यक्ष घिमिरेले प्रदान गरेका थिए ।

कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत बलदेबकुमार पौड्यालले सहकारिता लगाएत वित्तीय साक्षरताका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा २१५ जना सदस्यहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा  तीज बिशेष बचतमा आवद्ध सदस्यहरु मध्ये सबैभन्दा बढी बचत गर्ने २ जना सदस्यलाई पुरस्कृत समेत गरेको थियो भने अन्त्यमा दरखाने तथा नाचगानको समेत ब्यवस्था गरिएको थियो ।

तीज विशेष वित्तीय साक्षरता कार्यक्रमको अवसरमा साकोसकी सदस्य कल्पना खनालले बाबियाखर्क साकोसले सदस्यहरुलाई सहकारीका आधारभुत पक्षहरुका वारेमा जानकारी गराउदै आएको र बचत गर्न सदस्यहरुलाई उत्प्रेरणा गर्ने किसिमका सदस्य केन्द्रित कार्यक्रमहरु आयोजना गरेकोले महिला सदस्यहरुको उत्साहवर्धक सहभागीता रहनसकेको बताइन् । कार्यक्रम संस्थाकी संचालक सदस्य तारादेबी थपलिया(भेटवाल)ले संचालन गरेकी थिइन् ।



Leave a comment