काठमाडौं । नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनमा सञ्चालन गरेको छोटो अवधिको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई आज दीक्षित गरेको छ । संघको ३७औं स्थापना दिवसका अवसरमा दिक्षान्त समारोह आयोजना गरी कोष उत्तिर्ण १० जनालाई प्रमाणपत्र सहित दीक्षित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले दिक्षितहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । नेफ्स्कूनले सीटीईभीटी बाट सम्वन्धन प्राप्त गरी सहकारी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापन गर्ने उद्देश्यका साथ २०७६ सालदेखि ६ सय घण्टा अवधिको सहकारी व्यवस्थापक प्रमाणीकरण कोर्ष सञ्चालन गर्दै आएको छ । हाल सम्म ८४ जनाले अध्ययन गरेको उक्त कोर्षबाट निर्दिष्ट कार्य सम्पन्न गरी ५७ जना उत्तीर्ण भई दिक्षित भइसकेको जनाइएको छ ।
कोर्ष उत्तिर्ण गर्नेहरुमा रोप्लाका कर्णबहादुर गिरी, धनुषाका घनश्याम झा र मञ्जु कुमारी महतो, चितवनकी नितु भण्डारी, नुवाकोटका पवन फुयाल, काभ्रेपलाञ्चोकका रमेश श्रेष्ठ, सिन्धुपाल्चोककी लक्ष्मी पौड्याल, काठमाडौंका शुक्रराज अवाल, ललितपुरका सुनिल तिमल्सिना तथा रामेछापकी सुष्मिता श्रेष्ठ रहेका छन् ।
संघले आगामी दिनमा राष्ट्रिय सीप परिक्षण बोर्डसंग सहकार्य र समन्वय गरी सहकारी व्यवस्थापन कोर्षको सीप परिक्षण गर्ने लक्ष्य लिएको छ । हाल संघले परिषद्को सम्वन्धनमा सहकारी व्यवस्थापक कोर्ष ६०० घण्टा, बचत तथा ऋण परिचालन कोर्ष ४० घण्टा र रिपेप्सनिष्ट कम क्यासियर कोर्ष ३९० घण्टा छोटो अवधिको कोर्ष सञ्चालन गरिरहेको छ । यसैगरी, संघले आगामी दिनमा ऋण अधिकृत प्रमाणिकरण कोर्ष र लेखा अधिकृत प्रमाणिकरण कोर्ष सञ्चालनमा ल्याउने तयारी गरेको जनाइएको छ ।
Leave a comment