नेफ्स्कूनको ३७औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न

नेफ्स्कूनको ३७औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । नेपल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आफ्नो ३७औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले शुक्रबार स्थापना दिवस कार्यक्रमबाट ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ थिम समेत तय गरेको छ । संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा काठमाडौंमा आयोजित स्थापना दिवस समारोहका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाल, नेपाली कंग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कडेल, नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी तथा नेकपा माओवादी (केन्द्र) का लिलामणि पोखरेल, नेकपा समाजवादीका सांसद एवं पूर्व मन्त्री राजेन्द्र पाण्डेले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम, राष्ट्यि सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेल, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले पनि शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संघको विस्तृत जानकारी गराएका थिए ।

२०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले साकोस अभियानमा योगदान पुर्याउने व्यक्तिहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापकहरु एवम् गुणस्तरीय सदस्य सेवामा समर्पित संघ संस्थाहरुलाई सम्मान पुरस्कार घोषणा गरेको छ । स्थापना दिवसमा घोषित सम्मान पुरस्कार नेफ्स्कूनले वार्षिक साधारणसभामा प्रदान गर्दै आएको छ ।



Leave a comment