काठमाडौं । पनौती नगरपालिकामा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले भावि सञ्चालकहरुको नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाकी अध्यक्ष मैया महतले भावि सञ्चालक समितिहरुलाई बिगतका संघर्ष तथा आगामी चुनौतीको बारेमा समेत प्रष्ट पारेकी थिइन् ।
आगामी दिनमा संस्थालाई सबल र दिगो बनाउन सबै सदस्यहरुको सदैव सक्रिय सहभागिता आवश्यक पर्ने उनको भनाई छ । एक दिवसिय तालिमलाई प्रशिक्षक कृष्ण प्रसादआचार्यले सहजीकरण गरेका थिए । उनले संस्थामा उतरदायित्व एवं जिम्मेवारीको बारेमा समेत सहभागिलाई प्रशिक्षण दिए ।
तालिमको प्रमुख अतिथी तिर्थमाया प्रधानले संस्थाको प्रारम्भिक अवस्थाबाट आजको दिनलाई फर्केर हेर्दा अत्यन्तै हर्ष लाग्ने बताइन् । सबैको साथ सहयोगको परिणाम स्वरुप संस्थाले ठूलो फड्को मार्न सफल भएको उनको भनाई छ । कार्यक्रममा ४८ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
Leave a comment