जनहितकारी साकोसको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

जनहितकारी साकोसको वार्षिक समिक्षा गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्ष्यता रहेको गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका संचालक हरिहरनाथ योगीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि योगीले विषम् परीस्थितिको प्रतिकुलतालाई चिर्दै संस्थाले वित्तिय लक्ष्यको नजिक पुग्न सफल भएको बताए । कार्यक्रममा संचालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु लगायत उपसमितिका संयोजक एवं सदस्यहरु, संस्थाका व्यवस्थापक हिमलाल गौतम तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका महिला उपाध्यक्ष राधा कार्कीले स्वागत मन्तब्य राखेकी थिइन् । सचिव यामराज गिरीले कार्यक्रम संचालन गरेका थिए। त्यसैगरी संस्थाका सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगीले संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा तथा प्रशासन विभाग प्रमुख बसन्त बहादुर बुढाले वार्षिक बजेट प्रस्तुत गरेका थिए ।



Leave a comment