काठमाडौं । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ को लोगो लोकार्पण गरेको छ। संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोगो लोकार्पण गरेको हो ।
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले लोगो लोकार्पण गर्दै रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रमका आयोजना गर्ने जानकारी दिए । संस्थाले आगामी भाद्र २७ गतेदेखि असोज २ गतेसम्म विभिन्न कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाउने उनले बताए ।
स्थापना दिवसको अवसरमा संस्थाले वित्तीय साक्षरता तथा सदस्यता वृद्धि कार्यक्रम, भक्तपुर जिल्लाब्यापी चित्रकला कार्यक्रम, खुल्ला रक्तदान कार्यक्रम, वृद्धाआश्रम तथा मानवविद्या गृहमा भोजन दान तथा भौतिक सामाग्री हस्तान्तरण गर्नेभएको छ । त्यसैगरी सरसफाई, प्रभातफेरी गरी रजत महोत्सव मनाउने भएको छ।
त्यसैगरी बालकुमारी रजत स्मारिक प्रकाशन, चाँदीको सिक्का निकाल्ने, संस्थापकहरुलाई सम्मान तथा पूर्व सञ्चालक र संस्थामा योगदान गरेकाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
२०५७ साल असोज २ गते २८ जना सदस्य र ७ लाख पुँजीबाट सुरु भएको संस्था समुदायमा आधरित रहेको वित्तीय कारोबार गर्दै आएको छ ।
गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार, बचत संकलन १ अर्ब ७८ करोढ ५८ लाख,ऋण लगानी १ अर्ब ३६ करोड ७६ लाख,जगेडा तथा अन्य कोष ८ करोड ३९ लाख ८८ हजार,र तरलता ६१ करोड ४८ लाख रहेको छ।
संस्थाको कुल कारोबार २ अर्ब १३ करोड ८८ लाख पुगको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । संस्थाले स्थापनाकाल देखि नै बचत ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समुदाय केन्द्रीत भएर कारोबार गर्दै आएको उनले बताए ।
सदस्यहरुको लागि सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यमशीलता विकास, नेतृत्व विकास, व्यवसायिक तथा अभिमुखीकरण, हाजिरी जवाफ, वक्तृत्वकला, निवन्ध तथा नृत्य प्रतियोगिता जस्ता कार्यक्रम गरिरहने जनाइएको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया