काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का महासचिव घनश्याम अधिकारीले नेफ्स्कूनले संचालन गरिरहेको प्रोवेशन कार्यक्रमको अपनत्व सरकारले लिनुपर्ने बताएका छन् । प्रोवेशन बागमति दोस्रो क्लस्टरको २६औं कार्यशालामा उनले प्रोवेशन कार्यक्रम सरकारको अपनत्व भएकोले यस कार्यक्रममा आवद्ध भएपश्चात केहि संस्था परिस्कृत र केहि पुरस्कृत भएको बताएका हुन् ।
उनले नेफ्स्कून विश्वको सर्वोच्च सहकारी र साकोस अभियानसँग प्रत्यक्ष जोडिएको बताए । सदस्य संघ संस्थाको सुरक्षा, प्रवद्र्धन र विकासमा विश्वका सहकारी अभियानले ल्याएका हरेक टुल्स र पद्धतीहरु नेफ्स्कूनले आन्तरिकीकरण गरिरहेको जनाए ।
त्यसैगरी उनले यो वर्ष सहकारी अभियानको छवि निर्माण र विश्वास जागरणको वर्ष भएको बताए । उनले साकोस अभियानको साख र गरीमा बचाउने काम स्तरीकरण कार्यक्रममा जोडिएका संस्थाहरुले गरिरहेका भन्दै नेफ्स्कूनले जिम्मा लिनेगरी सदस्य संघ संस्थालाई कार्यक्रममा आवद्धता गर्ने लक्ष्य लिइएको जनाए ।
ज्ञानज्योती महिला जागरण साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोवेशन कायक्र्रममा आवद्ध साकोसहरुको सिकाई आदान प्रदान गर्ने कायक्र्रम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला अन्तर्गत प्रोवेशन बागमति दोस्रो क्लस्टरको २६औं कार्यशाला भएको थियो । कार्यशालामा ९ वटा संस्थाका ४१ प्रतिनिधिहरु सहभागी रहेका थिए ।
कार्यशालामा ज्ञानज्योती महिला जागरण साकोसकी अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षता र नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कायक्र्रमको सहजीकरण नेफस्कूनका कायक्रम अधिकृत सुमनराज घिमिरेले गरेका थिए ।
Leave a comment