काठमाडौं । राजविराजमा रहेको आईडियल सहकारी संस्था स्थापनाको २५ औं वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेशमा गरेको छ । सोही अवसरमा प्रतिवद्धता जारी गर्दै संस्थाका अध्यक्ष गणेश कुमार आशले संस्थालाई आधुनिक प्रविधिमैत्री ढंगवाट संचालन गरी सदस्यलाई सेवा दिने बताए ।
अध्यक्ष आशले संस्था स्थापना गर्ने परिकल्पनाकार, संस्थापक, पूर्व संचालक समिति, शेयर सदस्य, कर्मचारी, लेखा समिति, अन्य उप समिति, नियमनकारी निकाय, अभियान तथा सबै शुभ चिन्तकहरुलाई शुभकामना तथा धन्यवाद समेत व्यक्त गरेका छन् ।
१६ हजार ३३६ जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाको कुल सम्पत्ति १ अर्ब ३४ करोड माथी पुगेको छ । संस्थाको संस्थागत पुँजी ११ करोड १४ लाख ६० हजार पुगेको छ भने कोषहरुमा ५ करोड २१ लाख रकम माथी रहेको जनाइएको छ।
समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उक्त संस्था विभिन्न संघ संस्थाबाट समेत सम्मानित भइसेको छ । वित्तीय संक्टका बीचमा पनि सदस्यको विश्वास जितेका कारण तरलता लगायतको कुनै समस्या झेल्नु नपरेको संस्थाले जनाएको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया