काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्तिमा सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट नियमति बचतकर्ता, उत्कृष्ट ब्यवसायी, उत्कृष्ट बाल बचत गरी १० जना तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो ।
संस्थाको अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जवहारलाल कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेका थियो ।
सोही अवसरमा संस्थाको २५ औं बर्षको रजत जयन्ति लोगो प्रकाशन गरेको जनाएको छ । कार्यक्रममा मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाय घलान, पूर्व लेखा समिति सदस्य जय शंकर सिंह, सल्लाहकार डोरप्रसाद भट्टराई, बिदुरकुमार प्याकुरेल, संजाल अध्यक्ष रामप्रसाद घिमिरे, संस्थापक अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघका अध्यक्ष मन्दिरा आचार्य, वडाध्यक्ष केशवराज थापाले शुभकामाना मन्तब्य राखेका थिए । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, सदस्य तथा बाल बचतकर्ता, कर्मचारीलगायत एकसय जनाको उपस्थिति रहेको थियो ।
Leave a comment