बाबियाखर्क साकोसका महिला सदस्यलाई उत्प्रेरणा कार्यक्रम

बाबियाखर्क साकोसका महिला सदस्यलाई उत्प्रेरणा कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यका लागि उत्प्रेरणा कार्यक्रम गरेको छ । साउन १८ गते शान्तिनगर काठमाडौंका महिला सदस्यहरुलाई लक्षित गरी महिला सदस्य उत्प्रेरणा कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाको विभिन्न बचत कार्यक्रमका साथै क्रमिक बचतहरुका बारेमा जानकारी दिइएको थियो । संस्थाले आरोग्य बचतमा आवद्ध सदस्यहरु मध्ये बिरामी भई अस्पताल भर्ना भई उपचार गराएका सदस्यहरु गीता दाहाललाई २२ हजार ५०० र रेनुका रम्तेललाई ४ हजार रुपैंयाँ संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले प्रदान गरेका थिए । ७५ जनाको उपस्थिती रहेको कार्यक्रममा मेहन्दी लगाउने कार्यक्रमसमेत रहेको थियो ।



Leave a comment