बिराटनगर । कोशी प्रदेश बचत तथा ऋण सहकारी संघको बार्षिक साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले संघको बार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सर्वसहमत पारित गरेको छ ।
साधारण सभाले संघको अध्यक्षमा हरि सुवेदीलाई सर्वसहमत चयन गरेको छ । संघको शनिबार विराटनगरमा सम्पन्न बार्षिक साधारण सभाले केही सदस्य पछि थप्नेगरी ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा चन्द्रा खड्का, उपाध्यक्षमा जीवन काफ्ले, सचिवमा एकराज निरौला, सह सचिवमा मिनीराज चौधरी र कोषाध्यक्षमा विपी भट्टराई सर्वसहमत चयन भएको निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।
संयोजक पोखरेलका अनुसार सदस्यमा गणेश कुमार दनुवार, गोपाल बाराकोटी र अमृत गुरुङ चयन भएका छन् । त्यसैगरी संघको लेखा समिति संयोजकमा कृष्ण प्रसाद मिश्र सर्वसहमत चयन भएका छन् भने सदस्यमा विरेन्द्र कुमार यादव र उमेश कुमार चौधरी चयन भएका छन् ।
Leave a comment