बुडोल सामुदायिक साकोसद्धारा १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान 

बुडोल सामुदायिक साकोसद्धारा १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान  :: Sahakari Akhabar

काभ्रे । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २०८० सालको  एसईई परीक्षामा उत्रिण हुने बाल बचतकर्ता सदस्यहरुलाई सम्मान गरेको छ । बनेपाको चेतना केन्द्रमा आयोजित एक कार्यक्रममा संसथाले १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला प्रथम भएकी छात्रा स्मृति श्रेष्ठ, संस्थाका बाल बचतकर्ताहरु मध्ये उत्कृष्ट जिपिए हासिल गर्ने छात्रा सुस्मिता कुमारी शाही ठकुरी र उत्कृष्ट जिपिए हासिल गर्ने छात्र प्रज्ञान खड्कालाई खादा, मायाको चिनो, टेबल बत्ती, प्रसंशा पत्र र नगदसहित सम्मान गरेको थियो ।

कार्यक्रममा यस वर्ष एसईई उत्रिण भएका १२३ जना विद्यार्थीहरुलाई खादा, मायाको चिनो, टेबल बत्ती र प्रसंशा पत्रले सम्मान गरेको थियो । एसईई उत्र्तीणहुने १५० जना बालबचतकर्ताहरुले संस्थामा नाम दर्ता गराएको संस्थाले जनाएको छ ।कार्यक्रम संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।



Leave a comment