सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमतिमा ध्यान दिऔं

सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमतिमा ध्यान दिऔं :: Sahakari Akhabar

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमतिमा ध्यान दिनु पर्ने बताएका छन् ।

सहकारी बैंकको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री भण्डारीले नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका हुन् । नेपाल सरकारको समेत सेयर रहेको सहकारी बैंकले नेपनल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको अनुमती पाएको छ।

। कार्यक्रममा मन्त्री भण्डारीले सहकारी क्षेत्रमार्फत समाज रूपान्तरण गर्न सकिने भएकोले सहकारीको योगदानलाई थप वृद्धि गर्नका लागि सहकारी क्षेत्र र सरकारबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्ने बताए ।

बैंकले सातै प्रदेशमा एकैदिन विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । बागमती प्रदेशमा भएको कार्यक्रमको अध्यक्षता संचालक रामहरी बजगाईले गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले राष्ट्रिय सहकारी बैंकको विगत वर्तमान र भावी कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बैंकका सल्लाहकारहरू केशव बडाल, लीलामणि पोखरेल, कमल चौंलागाई, सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको आतिथ्यता रहेको थियो । स्थापना दिवसको अवसरमा बागमती प्रदेशबाट विभिन्न विधामा उत्कृष्टहरुलाई पुरस्कृत र सम्मान गरिएको थियो ।



Leave a comment