सहकारी र भूमि समस्या समाधानमा नयाँ सचिवलाई मन्त्रीको निर्देशन 

सहकारी र भूमि समस्या समाधानमा नयाँ सचिवलाई मन्त्रीको निर्देशन  :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र सहकारीको अहिलेको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयमा शुक्रवार आएका सचिव अर्जुनप्रसाद पोख्रेललाई स्वागत गर्दै मन्त्रालयका उच्च अधिकारी र बिभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

मन्त्री अधिकारीले सचिव पोख्रेलललाई मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न आग्रह गरे । सरकारको सोच र मन्त्रीको निर्देशन अनुसार काम गर्ने सचिव पोख्रेलले बताए । मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा बिषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।

उनले भूमिका साथै सहकारी क्षेत्रमा देखिएका बिकृती हटाउनका लागि अधिकारसम्पन्न प्राधिकरण गठन र सहकारी पिडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्वपुर्ण काम रहेको बताए । मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको बिश्वास बढ्ने बताए । 


 
 



Leave a comment