बागमती प्रोस्कूनको पाँचौं स्थापना दिवसमा १४ विधामा पुरस्कार तथा सम्मान घोषणा

बागमती प्रोस्कूनको पाँचौं स्थापना दिवसमा १४ विधामा पुरस्कार तथा सम्मान घोषणा :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव तथा पाँचौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघले विभिन्न १४ विद्यामा पुरस्कार तथा सम्मान घोषणा गरेको छ । संघका सञ्चालक एंव सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तेजेन्द्र खड्काले पुरस्कार तथा सम्मान घोषणा गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाललाई दिने भएको छ ।

त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण साकोस मन्थली रामेछाप, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान साकोस काठमाडौं र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई दिने घोषणा गरेको छ ।

त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तान र  उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवा घोषित भएकी छिन् । साकोस पदाधिकारी सम्मान भरतप्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोेग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था भएका छन् ।

त्यसैगरी अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखा घोषणा भएका छन् ।

त्यसैगरी प्रोस्कून पूर्व सञ्चालक सम्मान संघकी पूर्व अध्यक्ष राधा स्याङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान गर्ने घोषणा भएको छ । संघको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार बितरण गरिने संयोजक खड्काले जानकारी दिए ।

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, नेफस्कूनका कार्यवाहक अध्यक्ष दामोदार अधिकारी, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



Leave a comment