काठमाडौ । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा माध्यामिक विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । साउन १७ गते हुने प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयलाई संस्थाले सूचना जारी गरेको छ ।
एउटा विद्यालयबाट दुईजना छात्रछात्रा सहभागी हुन पाइने प्रतियोगितामा इच्छुकहरुले साउन १५ गतेसम्म नाम लेखाउन संस्थाले भनेको छ । प्रतियोगितामा सहभागीहरु मध्येबाट प्रथम हुने टिमलाई ६ हजार ६६६ रुपैंयाँ तथा विद्यालयलाई मायाको चिनो प्रदान गरिने संस्थाले जनाएको छ ।
त्यसैगरी प्रतियोगितामा द्धितिय हुनेलाई ५ हजार ३३३, तृतिय हुनेलाई ४ हजार र सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई २ हजार ६६६ रुपैंयाँ पुरस्कार रहेको संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिएका छन् ।
Leave a comment