विराटनगर । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था विराटनगरको निक्षेप अनुमानित लक्ष्य भन्दा बढी भएको छ । आर्थिक वर्ष २०८०–०८१ का लागि सहकारीले ३० करोड ९५ लाख २७ हजार ७४८ को लक्ष्य लिएको थियो ।
आर्थिक वर्ष समाप्तीसम्म सहकारीले ११२ प्रतिशतको प्रगति हासिल गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार आर्थि वर्ष २०८०–०८१ मा ३४ करोड ९४ लाख ६८ हजार ३७० निक्षेप संकलन भएको छ । लक्ष्य भन्दा बढी प्रगती भएको उनले बताए ।
त्यस्तै सहकारीको पँुजी तथा दायित्व ४८ करोड २५ लाख ५ हजार ९५२ रुपैया ३३ पैसा रहेको छ भने शेयर पुँजी ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैया रहेको छ ।
सहकारीको कोष हिसाब ४ करोड ३० लाख ५२ हजार ३३८ रुपैया रहेको छ भने सहकारी ३३ करोड ४४ लाख ८१ हजार ५१२ रुपैया ऋण लगानी गरेको छ ।
विराटनगरमा आज आयोजित नेपाल निजामति कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसका अवसरमा अध्यक्ष काफ्लेले सो जानकारी दिएका हुन्।
कार्यक्रममा सेवा निबृत्त भएका निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओम सुवेदीलाई सम्मान गरिएको थियो । उनलाई कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले सम्मान गरेका हुन ।
त्यस्तै सहकारीका ऋण सहायक पदमा कार्यरत कर्मचारी ओम पौडेललाई नगद ५ हजार सहित सम्मान गरिएको छ । हरेक बर्ष स्थापना दिवसको अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने गरेको छ ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री मगर, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सहकारी अभियान्ता रमेश पोखरेल लगायतले बोल्नु भएको थियो ।
Leave a comment