हाइलाइट

ओकूको सञ्चालकमा नेफ्स्कूनका अध्यक्ष ढकालले उम्मेदवारी दिने

ओकूको सञ्चालकमा नेफ्स्कूनका अध्यक्ष ढकालले उम्मेदवारी दिने :: Sahakari Akhabar

काठमाडौं । विश्वभरका बचत ऋण सहकारीहरुको छाता संगठन(विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समिति सदस्यमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिनेभएका छन् । ओकूले यही जुलाई २१ देखि २४ सम्म बोस्टनमा विश्व क्रेडिट युनियन सम्मेलन–२०२४मा वार्षिक साधारण सभा गर्दैछ ।

अमेरिकाको बोस्टन शहरमा आयोजना हुने ओकूको बार्षिक साधारण सभामा सञ्चालक सदस्य पदको निर्वाचनका लागि उनले आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएका हुन् ।

यो वर्ष नेपाली सहकारी अभियानमात्र नभई दक्षिण एशियाली क्रेडिट युनियनकै एकमात्र प्रतिनिधिको रुपमा नेफ्स्कूनका अध्यक्ष ढकालले ओकू सञ्चालक सदस्यमा उम्मेदवारी दिनेभएका हुन् । ओकू बोर्डमा यो वर्ष रिक्त ४ जना सञ्चालक पदको लागि ५ जनाको उमेदवारी परेको छ ।

४ जना सञ्चालक सदस्य पदको लागि नेफ्स्कून अध्यक्ष ढकालसँगै ब्राजिलस्थित सिक्रेडी, आयरल्याण्डको केन्द्रीय बचत संघ आइएलसीयू, अफ्रिकी बचत संघ एकोस्का र क्यारेबियन बचत संघ सीसीसीयूका तर्फबाट पनि उम्मेदवारी परेको छ । साधारण सभामा नेफ्स्कून अध्यक्ष ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहभागी हुनेभएका छन् ।



Leave a comment