भक्तपुर । श्री बाराही साकोसको रजतवर्ष समापन स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको रजतवर्ष समापन समारोह तथा २६औं स्थापना दिवस कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यता तथा नेफ्स्कूका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो ।
समारोहमा संस्थाको रजत वर्षको उपलक्ष्यमा प्रकाशित रजत वर्ष स्मारिका र संस्थाको बृत्तचित्रको विमोचन गरिएको थियो । समारोहमा प्रमुख अतिथि सुवालले सहकारीमा स्थानीय सदस्यहरुको प्रतिनिधिहरुले मात्र संचालकको नेतृत्वमा छनौट हुनु पर्ने भन्दै सहकारीका सदस्यहरु सचेत र चनाखो हुनपर्नेमा जोड दिए ।
सहकारीले बचत तथा ऋण सेवालगायत सदस्यमुखी अन्य कार्यहरु समेत गर्नु पर्ने, विदेशीहरुको रणनीति तथ योजनाहरु समेतलाई ध्यान केन्द्रित रही सहकारी संस्थाहरु संचालन गर्नु पर्ने, सदस्यहरुले लोभ लालचमा फस्न नहुने बताए ।
नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारी संस्था नीति, विधि र प्रविधि बमोजिम चल्नु पर्ने बताए । उनले सहकारीमा रहेको बचत सुरक्षित गर्नु पर्ने, संस्थाको सेवा सुविधाको प्रवद्र्धन, सदस्यलाई थप वित्तीय साक्षर गराउनु पर्ने समय आएको बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाले उत्पादन मुलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । संस्थाका अध्यक्ष विश्वराम त्वायनाले संस्थाले रजत वर्ष भरि गरेको विविध गतिविधीको जानकारीगराए ।
उनले संस्था सुशासनमा रहि निरन्तर रुपमा ऐक्सेस बाण्ड प्राप्त गर्न सफल भएको जानकारी दिए । समारोहमा संस्थामा नियमित रुपमा मासिक बचत गरेका बचतकर्ता सदस्यहरु मध्येवाट १२ जना नियमित बचतकर्ता, १२ जना वाल बचतकर्ता र १ जना उत्कृष्ट सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा जम्मा ४० जनाले रक्तदान गरेका थिए भने हार्ड एण्ड डायवेटिजको सहकार्यमा सदस्यको निशुल्क स्वास्थ्य परिक्षणकार्यक्रम समेत भएको थियो । समारोहमा संस्थाका उपाध्यक्ष कृष्णभक्त बोडे, संस्थापक अध्यक्ष राधेश्याम सुवाल समेत भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, पुर्व सहकारी अधिकृत उमेश्वरप्रसाद गङ्गोललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment