काठमाडौं । इटहरी उप महानगरपालिकाले पालिका कार्यक्षेत्र रहेका सहकारीको लेखा परिक्षण गर्न लेखापरिक्षकले सूचिकृत हुनुपर्ने जनाएको छ । उप महानगरपालिकाको सहकारी शाखाले सूचना जारी गरी लेखापरिक्षकलाई सूचिकृत हुन भनेको हो ।
पालिकाले सहकारी संस्थाहरुले आव ०८१ / ०८२ को कारोवारको लेखापरीक्षण गराउनको लागि आगामि साधारण सभाबाट लेखापरीक्षकको नियुक्तिको निर्णय गर्नुपर्ने कानूनी व्यवस्था भएकोले लेखापरिक्षकलाई सूचिकृत हुन भनेको हो ।
इटहरी उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुको लेखापरीक्षण गर्न इच्छुक लेखापरीक्षकहरुले इटहरी उप महानगरपालिकाको सहकारी संघ संस्था दर्ता, संचालन, अनुगमन तथा नियमन सम्वन्धि मापदण्ड २०८०को दफा ३२ मा भएको व्यवस्था अनुसार सूचना प्रकाशित गरेको जनाएको छ । पालिकाले सहकारीको लेखापरिक्षण गर्न इच्छुक लेखापरिक्षकले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवेदन सहित सहकारी शाखामा स्वयं उपस्थिति भई सूचिकृत हुन भनेको हो ।
सूचिकृतकालागि लेखापरीक्षक इजाजत पत्र र दर्ता प्रमाण पत्र, नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थाको सदस्यता र पेशागत प्रमाणपत्र तथा प्यान वा भ्याट दर्ता प्रमाणपत्र आवश्यक रहने जनाएको छ । त्यसैगरी सदस्यता नविकरण प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, स्वघोषणा पत्र र इटहरी उपमहानगरपालिका र वडा कार्यालयमा व्यवसाय दर्ता नविकरण गरेको प्रमाणपत्र आवश्यक रहने सूचनामा उल्लेख छ ।
Leave a comment