हाइलाइट

मधेश प्रदेशमा बचत संघको तदर्थ समिति गठन 

मधेश प्रदेशमा बचत संघको तदर्थ समिति गठन  :: Sahakari Akhabar

काठमाडौं । मधेश प्रदेश बचत तथा ऋण सहकारी सघ स्थापनाकालागि तदर्थ समिति गठन भएको छ । जनकपुरधाममा आज राजेश पण्डित कुम्हारको अध्यक्षतामा १५ सदस्यिय  संचालक  समिति  गठन भएको हो ।

तदर्थ समितिले आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशमा संघ दर्ताको लागि  फाईल पेश  गरेको छ । भेलामा प्रदेशका आठै जिल्लाका जिल्ला बचत सहकारी सघका अध्यक्षहरुको सहभागिता रहेको थियो । भेलाको जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रूवनारायण यादवले गरेका थिए ।

भेलामा पर्सा जिल्ला बचत  संघका अध्यक्ष  राजेश पण्डित, बारा जिल्ला बचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, रौतहट जिल्ला बचत संघका अध्यक्ष बिभुप्रसाद पोखरेल, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य, जिल्ला बचत संघ महोत्तरीका उपाध्यक्ष दिलिप चौधरी, जिल्ला बचतसंघ धनुषाका अध्यक्ष बिनिता यादव, जिल्ला बचत संघ सिरहाका अध्यक्ष  सञ्जयकुमार महतो र जिल्ला बचत संघ सप्तरीका अध्यक्ष  भगवानी चौधरीका साथै  विभिन्न सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।



Leave a comment