हाइलाइट

सहकारी सुर्धान लेटाङका सहकारीको १० बुँदे सामुहिक प्रतिबद्धता

सहकारी सुर्धान लेटाङका सहकारीको १० बुँदे सामुहिक प्रतिबद्धता :: Sahakari Akhabar

विराटनगर । सहकारी क्षेत्रको सुधारको लागि लेटाङका २९ वटा सहकारीको १० बुँदे सामुहिक प्रतिबद्धता जनाएका छन् । प्छिल्लो समयमा सहकारीमा देखिएका विविध समस्याका कारण लेटाङमा रहेका सहकारीमा समस्या नहोस भन्ने उदेश्यले सहकारीकर्मीहरु एकजुट भएका छन् ।

सहकारी समन्वय समिति लेटाङको पहलमा भएको सुधारको योजनामा स्थानीय सहकारीकर्मीहरुले पनि साथ दिएका छन् । लेटाङ नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा असार २१ गते लेटाङमा भएको छलफलमा २९ वटा संस्थाका ४३ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सहकारी समन्वय समितिका अध्यक्ष गोपाल वारकोटीका अनुसार स्थानीय सहकारी संस्थाहरूको सुशासन र प्रभावकारिता बढाउन १० बुँदे प्रतिवद्धता पत्र तयार गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ। असार २१ गते जारी गरिएको प्रतिवद्धता पत्रले सहकारी क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिवद्धता पत्रमा वित्तीय जोखिम न्यूनीकरण, गैरकानूनी सञ्चालन रोक्ने, र ऋण व्यवस्थापनमा कडाइ गर्ने जस्ता विषयहरू समावेश गरिएको छ । प्रतिवद्धता पत्रमा ऋण नतिर्ने सदस्यहरूलाई पालिकाबाट प्रदान गरिने सेवा–सुविधामा रोक लगाउनुपर्ने उल्लेख छ।

त्यसैगरी बाहिरी जिल्लाका सहकारीहरूको स्थानीय शाखाहरूलाई कडाइका साथ नियमन गर्ने र आवश्यकता अनुसार बन्द गर्न निर्देशन दिइएको दिनुपर्ने जनाईएको छ । सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि र प्रभावकारी सेवा प्रदानमा जोड दिनुपर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।

सहकारी समन्वय समितिका अध्यक्ष गोपाल बारकोटी र सचिव नरेन्द्र प्रसाद घिमिरेद्धारा  हस्ताक्षरीत प्रतिवद्धतापत्रले लेटाङको सहकारी क्षेत्रलाई थप व्यवस्थित र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

सामुहिक प्रतिवद्धताले लेटाङमा सहकारी क्षेत्रको सुधार र वित्तीय अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको अध्यक्ष वारकोटीले जानकारी दिए ।



Leave a comment