विराटनगर । बिराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रले निश्पक्षरुपमा जनतालाई सही सूचना सम्पेषण गर्नुपर्ने बताएका छन् ।
सञ्चारकर्मीकर्मी सञ्चार सहकारी संस्थाको तेह्रौं स्थापना दिवसको उपलक्ष्यमा बिहिवार विराटनगरमा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै उनले सञ्चारकर्मीले दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डोर्याउनतर्फ लाग्न समेत आग्रह गरे ।
उनले सञ्चारकर्मीहरुले मुलुकको लोकतन्त्र स्थापना र प्रत्येक परिवर्तन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने ‘सञ्चारकर्मीहरुले सत्य तथ्यका आधारमा समाचार पस्किन समेत सम्बेदनशील हुनुपर्छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रत्येक वर्ष चार जना पत्रकारलाई सम्मान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा समेत यस थप गरी निरन्तरता दिने विचार व्यक्त गरे । दाता दिनबन्धु गोयलले आफ्नो आम्दानीको ९० प्रतिशत समाजसेवामा खर्च गर्ने गरेको जानकारी दिए ।
सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, प्रदेश सहकारी रजिष्टार कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारी लगायतले शुभकामना मनतव्य राखेका थिए ।
विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले १३ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । असार २७ गते स्थापना दिवसको अवसर पारेर सहकारीले सम्मान र पुरस्कार वितरण गर्दै आएको छ।
यो बर्ष १० हजार राशीको मीनादेवी श्रेष्ठ श्रमजीवी पुरस्कार जुनु भट्टराई,रु २१ हजार राशीको मेम्वर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कार नवीन कर्ण,रु ५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पुरस्कार सुशिला पाठक र रु ५१ हजार राशीको तोरेन्द्र– इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कार मोहनप्रसाद भण्डारीलाई प्रदान गरिएको छ।
Leave a comment