काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न गरेको छ । संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भएको दुई दिवसिय बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको हो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा बार्षिक योजना तथा बजेट बनाउनु कानुनी व्यवस्था पालना गर्नुको साथै संस्थामा सुशासन कायम गर्नमा समेत टेवा पुग्ने बताए । उनले सहकारीमा बार्षिक योजना तथा बजेटको महत्वबारे चर्चा गर्दै सहकारी विभागले जारी गरेको निर्देशनकाबारेमा जानकारी गराए ।
संघका कोषाध्यक्ष एंव उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारीमा राम्रो योजना र बजेटले मात्र संस्था सफल हुने बताए । उनले बजेट अनुसार खर्च नपुग भएमा अर्को शिर्षकबाट रकमान्तर गर्ने व्यवस्था पनि रहेको जनाए । उपसमितिका सदस्य राजकुमार लघुले तालिमबाट सिकेको कुरा संस्थामा प्रयोग गर्नुपर्ने विचार राखे ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थाको परिकल्पना, ध्येय र उद्देश्य प्राप्त गर्न सकिने गरी बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने जोड दिए ।
उनले तालिमका सहजकर्ता राधेश्याम दुवालले हालको परिस्थितिमा सहकारीलाई नाफा घाटाको होड बाजीमा नलागी सहकारीलाई विषम परिस्थितीबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए । तालिममा संघमा आबद्ध सदस्य संस्थाहरुमध्येबाट कोषाध्यक्ष, व्यवस्थापक वा लेखासहायक गरी १९ जनाको सहभागिता रहेको थियो ।
Leave a comment