हाइलाइट

महासंघद्वारा अन्तर्राष्ट्रिय सहकारी दिवसमा विभिन्न व्यक्तित्व तथा सहकारी पुरस्कृत

महासंघद्वारा अन्तर्राष्ट्रिय सहकारी दिवसमा विभिन्न व्यक्तित्व तथा सहकारी पुरस्कृत :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

यसै अवसरमा संघले विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ÷संस्थालाई पुरस्कृत गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षता तथा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न व्यक्ति तथा संघ÷संस्थालाई पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रिय सहकारी पुरस्कारबाट महासंघका पूर्व अध्यक्ष केशव बडाल, उत्कृष्ट सहकारी पुरस्कारबाट मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरिएको छ । त्यसैगरी उत्कृष्ट व्यवासय पुरस्कारतर्फ ७ प्रदेशका १÷१ संस्था पुरस्कृत भए ।

जसमा कोशीबाट झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेश प्रदेशबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था, बागमती प्रदेशबाट भक्तपुरको युवा साकोस पुरस्कृत भएका छन् ।

त्यसैगरी गण्डकीबाट नवलपरासीको नवप्रतिभा साकोस, लुम्बिनीबाट दाङको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था सम्मानीत भएका छन । त्यसैगरी कर्णालीको सल्यानमा रहेको ग्रामीण साकोस, कैलालीको किसान बहुउद्देश्यीय सहकारीलाई पनि सम्मान गरिएको छ।

त्यसैगरी कार्यक्रममा उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल पुरस्कृत भएका छन् । त्यसैगरि सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरो लगानीकी संचारकर्मी सुधा देवकोटा पुरस्कृत भएका छन् ।



Leave a comment