काठमाडौं । गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा रक्तदानदेखि हाजिरीजवाफलगायतको कार्यक्रम गरेको छ ।
संस्थाको २९औं स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी विविध कार्यक्रम गरेको हो । यसैबिच संस्थाले असार १४ गते अन्तर सेवाकेन्द्र स्तरीय कर्मचारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणि कंडेल, लेखा सुपरिवेक्षण समिति संयोजक तिलक प्रसाद पराजुली, सञ्चालक समितीका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, सेवाकेन्द्र संयोजक, विभागीय प्रमुख तथा कर्मचारी हरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गरेकी थिइन् । हाजिरी जवाफ प्रतियोगीतामा २३ वटा सेवाकेन्द्र सहभागी रहेका भने २३ वटा सेवाकेन्द्रलाई ३ वटा समुहमा विभाजन गरी ३ वटा समुहबाट प्रथम र द्वितीय हुने सेवाकेन्द्र हरुवाट फाइनल चरणमा ६ वटा सेवाकेन्द्र विच प्रतिस्पर्धा भएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम हिमचुली सेवाकेन्द्र, द्वितीय जनमुखी सेवाकेन्द्र, तृतीय कावासोती सेवाकेन्द्र र सान्तवना विजयनगर सेवाकेन्द्र भएका थिए ।
त्यस्तै संस्थाले असार १५ गते वृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरेको थियो । सहज सेवाकेन्द्र गैंडाकोट र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुइ ठाउमा कार्यक्रम आयोजना भएको थियो ।
सेवाकेन्द्र भएको कार्यक्रममा संस्थाका अध्यक्ष भोजराज पौडेल, नेफस्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल, निर्वतमान अध्यक्ष श्रीहरि चालिसेको सहभागिता रहेको थियो ।
५ वटा सामाजीक संस्थाहरु सहित भएको रक्तदान कार्यक्रममा ५९ जना रक्तदाताले रक्तदान गरेका थिए भने २४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
कावासोती सेवाकेन्द्रमा भएको कार्यक्रममा चिन्तामणी कंडेल, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, विभागीय प्रमुख प्रेम अधिकारी, सञ्चालक देवी घिमिरेलगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ६७ जना जनाले रक्तदान गरेका थिए भने २६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सरसफाई, ट्राफिक सचेतना, कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता, अन्तर सेवाकेन्द्र स्तरीय कर्मचारी हाजीरी जवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम गरि सम्पन्न भएको छ ।
Leave a comment