किसान साकोसको ट्राफिक सचेतना कार्यक्रम   

किसान साकोसको ट्राफिक सचेतना कार्यक्रम    :: Sahakari Akhabar

काठमाडौं । नवलपरासीको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा अण सहकारी संस्थाले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको २९ औ स्थापना दिवसको अवसरमा संस्थाले जिल्ला ट्राफिक कार्यलय चितवनसंगको समन्वयमा सचेतना कार्यक्रम गरेको हो ।

संस्थाको समृद्धी सेवाकेन्द्रमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष भोजराज पौडेलले अध्यक्षता गरेका थिए । असार १२  गते वुधबार भएको कार्यक्रममा ट्राफिक कार्यलयका प्रहरी नायव निरिक्षक भुपेन्द्रबहादुर विष्ट, प्रहरी सहायक हवल्दार चन्द्रबहादुर तामाङलगायतको टिमले सहजीकरण गरेका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य पार्वतीकुमारी बराल समृद्धि भरतपुर सेवा केन्द्र समिति सदस्य सप्तरंगी सेवा केन्द्र समिति सदस्य लगायत कर्मचारी हरुको उपस्थितीमा सचेतना सम्बन्धी पर्चा सवारी चालक र पैदल यात्रीहरुलाई वितरण गरीएको थियो । कार्यकम संस्थाका विभागीय प्रमुख प्रेम प्रसाद अधिकारीले सञ्चालन गरेका थिए ।



Leave a comment