नेचुरल सहकारीका महिला सदस्यलाई उद्यमिशलता विकास तालिम

नेचुरल सहकारीका महिला सदस्यलाई उद्यमिशलता विकास तालिम :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई उद्यमिशलता विकास तालिम दिएको छ । संस्थाले असार ८ गते सदस्य सेवाकेन्द्र साँखु र सम्पर्क कार्यालय काँडाघारी केन्द्रीत सदस्यलाई ‘महिला उद्यमिशलता विकास तथा अन्तरक्रिया कार्यक्रम’ गरेको हो ।

सस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव बिकल्प पाठकले संस्थाले संचालन गरेको लघु उद्यमिशलता विकास कार्यक्रमले सदस्यहरुलाई सशक्त, सवल, सक्षम बनाई नेतृत्वदायी भूमिकामा समेत पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए ।

उनले उद्यमशिलताले रोजगारी सृजना गर्ने र आम्दानी वृद्धि गरि आत्मनिर्भर बन्नको लागि लघु ब्यवसायको महत्वबारे वृतचित्र सहितको प्रस्तुती गरेका थिए । कार्यक्रममा संस्थाका सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाले सदस्यको उत्पादनको बजारीकरण गर्ने विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति, उपसमितिका महिला पदाधिकारी, संस्थाका उच्च व्यवस्थापनका कर्मचारीहरू, सेवा केन्द्र साँखु कार्यालयका कर्मचारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।



Leave a comment