काठमाडौं । बागमती प्रदेश सहकारी संघका बरिष्ठ उपाध्यक्ष जगतलााल महर्जनको कवितासङ्ग्रह ‘सृष्टि र दृष्टि’ विमोचन भएको भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सोमबार ललितपुरमा भएको कार्यक्रममा सहकारीकर्मी मर्हजनको कवितासङ्ग्रह विमोचन गरेका हुन् ।
कवि मर्हजनले रहरैरहरमा कहिलेकाही लेखिएका कविता सामाजिक सञ्जालमा पोस्ट गर्न थालेको र साथीभाईले कविता सङ्ग्रह निकाल्न सल्लाह, सुझाव दिएकाले कविताहरूलाई सङ्कलन गरी सृष्टि र दृष्टि नामाकरण गरी कविता सङ्ग्रह प्रकाशन गरेको बताए ।
उनले सृष्टिभित्र र समाजमा देखेका, भोगेका, सुनेका र सिकेका अनुभवहरूलाई सँगाल्दै प्रेम, करुणा, खुसी, आनन्द, सफलता, साहस, आशा, उमङ्ग, न्याय, अन्याय, उज्यालो, अँध्यारो, दुःख, पीडा, जित र हार आदि विषयहरू समेट्दै सामाजिक यथार्थ चित्रण गर्ने कोसिस गरेको जनाए ।
२५० रुपैयाँ बिक्री मूल्य राखिएको महर्जनको कविता सङ्ग्रह पुस्तकमा १३६ पृष्ठ तथा ८९ वटा कविता समेटिएका छन् । सुवर्णपुर साहित्य समाजले आयोजना गरेको कार्यक्रममा सहकारी क्षेत्र तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना ब्यक्त गरेका थिए ।
Leave a comment